ललितपुर महानगरमा भेरोसिल खोपको दोस्रो मात्रा लगाइँदै
वि.सं.२०७८ मंसिर २ बिहीवार १०:२९
1.7K
shares
ललितपुरः ललितपुर महानगरपालिकाभित्र बिहीबार र शुक्रबार भेरोसिल खोपको दोस्रो मात्रा लगाउने भएको छ ।
महानगरपालिकाका अनुसार खोप लगाउनका लागि पहिलो मात्रा लगाएको २१ दिन पूरा भएका नागरिकले आ–आफ्नो वडामा सम्पर्क गर्नुपर्नेछ ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालका अनुसार खोप लगाउन जाँदा अनिवार्य रुपमा पहिलो मात्रा खोप लगाएको कार्ड समेत साथमा लिएर जानुपर्नेछ ।
बिहान १० बजेदेखि बेलुका पाँच बजेसम्म वडा कार्यालयमा खोप लगाइनेछ। आज लगाउन छुटेका व्यक्तिले भोलिसमेत खोप लगाउन पाउनेछन् ।
वि.सं.२०७८ मंसिर २ बिहीवार १०:२९




















