गरिमा विकास बैंकले टिकटक प्रतियोगिता आयोजना गर्ने
वि.सं.२०७८ भदौ ११ शुक्रवार १५:२३
2.3K
shares
काठमाडौं: गरिमा विकास बैंकले टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ । बैंकले भौतिक उपस्थिति बिना प्रविधिमैत्री टिकटक प्रतियोगिता ‘गरिमा तीजको लहर’ आयोजना गर्ने भएको हो ।
नेपाली नारीहरुको महान चाड हरितालिका तीज नजिकिँदै गइरहेको छ । तर, विश्वमा फैलिरहेको महामारी कोरोनाभाइरसले गर्दा गत वर्षमा जस्तै भौतिक दूरी कायम राखी तीज मनाउने अवस्था हाललाई सम्भव नभएकाले भौतिक उपस्थिति बिना प्रविधिमैत्री तीजलाई प्रोत्साहन गर्न प्रतियोगिता आयोजना गर्ने भएको हो ।
गरिमा विकास बैंकले सम्पूर्ण नेपाली दिदीबहिनीहरुका लागि ‘गरिमा तीजको लहर’ टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ। यस टिकटक प्रतियोगितामा नेपालभित्र रहने सबै नेपाली दिदीबहिनीले भाग लिन सक्ने बैंकले जनाएको छ।
यस प्रतियोगितामा प्रतियोगीहरुले भिडियो बनाउँदा तीजको मर्मलाई ख्यालमा राखी यस पर्वलाई सकारात्मक तरिकाले व्याख्या गर्ने कुनै पनि गित अथवा कन्सेप्टमा टिकटक भिडियो बनाउनुपर्नेछ। यस पर्वको मर्मविपरीत बनेको वा उच्छृंखल तबरले बनेका भिडियोहरुलाई विजेताका रुपमा छनोट नगरिने बैंकले जनाएको छ।
यस प्रतियोगिताको विजेताले रु. ९ हजार, उप–विजेताले रु. ६ र तेस्रो हुनेले रु. ३ जित्ने छन् र एउटा अत्याधिक राम्रो कन्सेप्टमा बनेको भिडियोले रु. २ हजार जित्नेछन्। विजेताको घोषणा भिडियोमा आउने लाइकका आधारमा हुनेछ भने बेस्ट कन्सेप्ट भने अत्याधिक राम्रो कन्सेप्टमा बनेको भिडियोको आधारमा हुनेछ।
यस टिकटक प्रतियोगिताको विस्तृत जानकारीहरु साथै सर्तहरुलाई बैंकको फेसबुक पेज र बेबसाइटमा राखिएको छ। इच्छुक महिला टिकटकरहरुले आज भदौ १० गतेदेखि भदौ २४ गतेसम्म टिकटक भिडियोको क्यापसनमा #GarimaTeejkolahar र #Garimabikasbank ह्यासट्याग प्रयोग गरि टिकटक भिडियो बनाउन सक्नेछन्।
यो पनी पढ्नुहोस् :
नक्कली रिर्पोट बनाइ दिने गंगालालका कर्मचारीमाथि छानबिन
वि.सं.२०७८ भदौ ११ शुक्रवार १५:२३




















