YouTube Link

मोटरसाइकलको पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने

Khanepani Dhal
Facebook Link

काठमाडौं: महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापन गर्न नयाँ योजना ल्याउन लागेको छ । मोटरसाइकलको पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने गरी नयाँ नियम ल्याउन लागेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवारी गर्ने दुबै जनाले राष्ट्रिय गुणस्तर चिन्ह प्राप्त हेल्मेट हुनुपर्ने व्यवस्था गर्न लागिएको हो ।

आज महाशाखामा पत्रकार सम्मेलन गर्दै ट्राफिक प्रहरी प्रमुख एसएसपी वसन्त पन्तले यो कुरा बताएका हुन् । नयाँ योजनामा अनलाइनमार्फत् जरिवानावापतको रकम तिर्न सकिने छ । यसबारे जानकारी दिँदै एसएसपी पन्तले भने, ‘चालकहरुलाई सहज होस् र ट्राफिक व्यवस्थापन गर्न सहज होस् भन्ने उदेश्यले अनलाइन पेमेन्टको योजना अघि ल्याइएको हो । अबको केही महिनामै यसले पूर्णता पाउँछ ।’

यसबाट चालकले लाइन बसेर बैंकमा भौचर भरेर रकम तिर्नु पर्ने समस्या समाधान हुने बताइएको छ । त्यसैगरी इ-चलानीमार्फत नियम उल्लङ्घन गर्ने चालकलाई चिट थमाइने पनि एसएसपी पन्तले बताए । यसमा प्रहरीले कागजको प्रयोज बिना कप्युटर प्रविधिमार्फत् चिट काट्ने छ । त्यस्तै ट्राफिक लाइट थप गर्न र व्यवस्थापन गर्ने, उपत्यकाका सम्पूर्ण ठाउँमा पिक एण्ड ड्रपको व्यवस्थापन गर्ने, करिडोरहरु सञ्चालन गर्ने योजना ट्राफिकको रहेको उनले बताए ।

साना सवारीलाई उपत्यकाबाट विस्थापन गर्न पनि ट्राफिकले भूमिका खेल्ने, पर्यटकीय क्षेत्रहरुमा भइकल फ्रि जोन बनाउने, भाडाका सवारीमा ड्रेस कोडको व्यवस्थापन गर्ने योजना ट्राफिकको रहेको बताइएको छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
समुह चरणको अन्तिम खेलमा नेपाल र भारत भिड्दै

समुह चरणको अन्तिम खेलमा नेपाल र भारत भिड्दै

वि.सं.२०८२ वैशाख ३० मंगलवार १३:४८

काठमाडौं: भारतमा जारी साफ यु-१९ च्याम्पियनसिप अन्तर्गत आज समुह चरणको...

चौथो उपत्यकाव्यापी क्वान स्तरीय खुल्ला जुनियर उसु प्रतियोगितामा इष्टपोल एकेडेमी टिम प्रथम

चौथो उपत्यकाव्यापी क्वान स्तरीय खुल्ला जुनियर उसु प्रतियोगितामा इष्टपोल एकेडेमी टिम प्रथम

वि.सं.२०८२ वैशाख ३० मंगलवार १३:२७

काठमाडौं: जोरपाटी उसु क्वानको आयोजना तथा गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा...

‘जत्तुकु मुबा, आङीला जामे’ को नयाँ म्यूजिक भिडियो सार्वजनिक

‘जत्तुकु मुबा, आङीला जामे’ को नयाँ म्यूजिक भिडियो सार्वजनिक

वि.सं.२०८२ वैशाख २८ आइतवार १६:२२

काठमाडौं: तामाङ सांगीतिक इतिहासमा विशेष स्थान ओगटेको कालजयी गीत ‘जत्तुकु...

नेपालले पहिलो खेल श्रीलंकासँग खेल्दै

नेपालले पहिलो खेल श्रीलंकासँग खेल्दै

वि.सं.२०८२ वैशाख २८ आइतवार ११:१२

काठमाडौं: नेपालले साफ यु-१९ च्याम्पियनसिपको पहिलो खेल श्रीलंकासँग खेल्दैछ ।...

आज नीति तथा कार्यक्रम पारित हुँदै, संसदमा प्रधानमन्त्रीले जवाफ दिने

आज नीति तथा कार्यक्रम पारित हुँदै, संसदमा प्रधानमन्त्रीले जवाफ दिने

वि.सं.२०८२ वैशाख २८ आइतवार ०८:२६

काठमाडौं: प्रतिनिधिसभाको बैठकमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक...

पाकिस्तानद्वारा भारतका ११ शहरमा ड्रोन र मिसाइल आक्रमण

पाकिस्तानद्वारा भारतका ११ शहरमा ड्रोन र मिसाइल आक्रमण

वि.सं.२०८२ वैशाख २६ शुक्रवार ०९:२१

एजेन्सी: भारतीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानले लगातार दोस्रो दिन बिहीबार पनि...