सरकारद्वारा साताको एक-एक उडान गर्ने गरि चीनको ग्वान्जाउ र कतारमा हवाई उडान खुला गर्ने निर्णय
वि.सं.२०७८ जेठ ४ मंगलवार ०९:३२
2K
shares
काठमाडौं: मन्त्रिपरिषदको बैठकले चीनको ग्वान्जाउ र कतारमा हवाई उडान खुला गर्ने निर्णय गरेको छ ।
बैठकले उक्त देशमा साताको एक/एक उडान गर्ने गरि हवाई उडान खुला गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले जानकारी दिए ।
कोरोना पछिको बढ्दो निषेधाज्ञाको कारण अन्तरराष्ट्रिय उडान बन्द हुँदा कोभिड उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री आयात र अलपत्र परेका नेपाली उद्धारमा कठिनाई भएसँगै ती दुई देशमा सरकारले हवाई उडान खुला गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्रीलाई पुनः शपथ गराउन माग गर्दै सर्वोच्चमा रिट दर्ता
वि.सं.२०७८ जेठ ४ मंगलवार ०९:३२



















