नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाशलाई कोरोना संक्रमण
वि.सं.२०७८ वैशाख २० सोमवार १०:४५
1.8K
shares
काठमाडौं: नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ ।
ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुका स्वाब दिँदा सोमबार बिहान रिपोर्ट पोजेटिभ आएको उनले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् ।
ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी Star Hospital पुगेर स्वाब दिएं l बिहानिपख रिपोर्ट आयो-पोजेटिभ l टेकु´का डा मित्र अनुप बांस्तोलाको निर्देशन अनुरूपको औषधि सेवन शुरु गरेको छु l डेरामै आइसोलेसनमा छु l लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ l
सबैलाई विनम्र आग्रह छ – सजग बनौं !
— Bishwa Prakash शर्मा (@bishwaprakash77) May 3, 2021
‘ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी स्टार हस्पिटल पुगेर स्वाब दिएँ । बिहानीपख रिपोर्ट आयो–पोजेटिभ । टेकुका डाक्टर मित्र अनुप बास्तोलाको निर्देशन अनुरूपको औषधि सेवन शुरु गरेको छु । डेरामै आइसोलेसनमा छु । लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ ।’ उनले लेखेका छन् ।
शर्माले सबैलाई सजग बन्न आग्रह गरेका छन् ।
वि.सं.२०७८ वैशाख २० सोमवार १०:४५



















