आफ्ना सांसद्हरुलाई उपत्यका नछाड्न नेपाली कांग्रेसको निर्देशन
वि.सं.२०७७ फागुन १९ बुधवार १६:२१
1.5K
shares
काठमाडौं: नेपाली कांग्रेसले आफ्ना सांसद्हरुलाई काठमाडौँ उपत्यका नछोड्न निर्देशन दिएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा फागुन २३ गते बस्ने प्रतिनिधि सभा बैठकका लागि उपस्थित हुनै पर्ने भन्दै कांग्रेसले उपत्यका नछाड्न निर्देशन दिएको हो ।
प्रतिनिधि सभामा नेपाली कांग्रेसका ६१ सांसद छन् ।
संसद् पुनःस्थापनपछि पहिलो पटक बस्न लागेको शुक्रबारको प्रतिनिधि सभा बैठकमा कांग्रेसको भूमिका कस्तो हुने र कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गरिने कांग्रेसकी सचेतक पुष्पा भुसालले जानकारी दिइन ।
केही दिन अघि नेकपाको प्रचण्ड–नेपाल समूहले पनि आफू निकटका सांसदहरुलाई काठमाडौँ उपत्यका नछोड्न निर्देशन दिइसकेको छ ।
वि.सं.२०७७ फागुन १९ बुधवार १६:२१



















