इराकमा रहेको अमेरिकी सेनाको अखडामा १० वटा रकेट प्रहार
वि.सं.२०७७ फागुन १९ बुधवार १६:३५
1.6K
shares
एजेन्सीः इराकमा रहेको अमेरिकी सेनाको एउटा अखडालाई लक्षित गरी कम्तीमा १० वटा क्षेप्यास्त्र प्रहार गरिएका छन् ।
पोप फ्रान्सिसको इराक भ्रमणको दुई दिनअघि अमेरिकी सेना लक्षित आक्रमण भएको छ ।
इराकमा सक्रिय इस्लामिक स्टेट समूहविरुद्धको कारबाहीमा इराकी सेनालाई सघाउन अमेरिकी नेतृत्वमा अइन अल–असद सैन्य अखडामा अमेरिकी र इराकी सेना रहेका छन् ।
अमेरिकी सेनाका प्रवक्ता कर्णेल वाइने मारोटोले बिहान ७.२० बजे सैन्य शिविरलाई लक्षित गरी १० वटा क्षेप्यास्त्र प्रहार भएको पुष्टी गरे ।
इराकी सुरक्षा स्रोतले क्षेप्यास्त्रहरु इरानमा निर्मित अराश मोडेलका रहेको बताएको छ ।
यी क्षेप्यास्त्रहरु १२२ एमएम आर्टिलरी रकेट र केही भारी किसिमका रहेका छन् ।
वि.सं.२०७७ फागुन १९ बुधवार १६:३५




















