YouTube Link

गोल्डेन पिक हाई स्कुललाई ब्रिटिस काउन्सिल अन्तर्राष्ट्रिय अवार्डबाट सम्मान

Facebook Link

काठमाडौं: ब्रिटिस काउन्सिल आइएसएले गोल्डेन पिक हाई स्कुललाई अन्तर्राष्ट्रिय स्कुल अवार्डले सम्मान गरेको छ ।

विभिन्न मुलुकहरुसँग विभिन्न परियोजनाहरुमा सहकार्य गर्ने क्रममा ब्रिटिस काउन्सिलबाट गोल्डेन पिकलाई अन्तर्राष्ट्रिय स्कुल अवार्ड प्राप्त भएको हो ।

शिक्षामा नविनतम् तरिकाबाट विश्वव्यापीकरणलाई पछ्याउँदै गोल्डेन पिकले आफ्ना विद्यार्थी र शिक्षक शिक्षिकालाई विभिन्न देशहरुसँग सहकार्यको माध्यमबाट शिक्षण प्राप्त गराउँदै आएको छ ।

संस्थागत तथा सामुदायिक विद्यालयका विद्यार्थीहरुबीच सहकार्य गर्दै युके, अमेरिका, भारत, वंगलादेश, फ्रान्स लगायत विभिन्न देशका विद्यालयहरुसँग विभिन्न परियोजनामा सहकार्य गरिएको आइएसएका को-अर्डिनेटर तथा डिपुटी प्रिन्सिपल भानदेव कपाडीले बताए ।

परियोजना शिक्षक मेहराज अन्सारीका अनुसार विद्यालयमा नविनतम परियोजना तयार पारेर राष्ट्रिय पाठ्यक्रमभित्रै रहेर बालबालिकाहरुलाई आत्मनिर्भर, नेतृत्वदायी भुमिका निर्वाह गर्ने सीप र क्षमता विकासका कार्यक्रमहरुले उर्जा मिल्ने बताए ।

हाल विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण घरमै बसेर बालबालिकाहरुले अनलाईन शिक्षा लिने लागु भएपछि यसै परियोजना मार्फत विभिन्न विद्यालयहरुसँगको सहकार्यमा देश विदेशमा अनलाइन कक्षा सञ्चालन गरिएको आइटी अफिसर अनिलमणि गजुरेलले बताए ।

स्कुलका प्रिन्सिपल छत्रमणि राईले अन्तर्राष्ट्रिय अवार्डले आफूलाई शिक्षा क्षेत्रमा अझ बढी मेहनत गर्नुपर्ने दायित्व थपेको बताए । यो सम्मानको हकदार विद्यालयका शिक्षक-शिक्षिका, विद्यार्थी भाइबहिनी, अभिभावक, आइटी विभाग, कोअर्डिनेटर तथा सम्पूर्ण विद्यालयका कर्मचारी र परिवारबाट सम्भव भएको बताए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

वि.सं.२०८३ भदौ १० बुधवार १६:१४

काठमाडौं: रसुवामा आएको भीषण बाढीपछि रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...