पुनर्निर्मित रानीपोखरी राष्ट्रपतिद्वारा उद्घाटन
वि.सं.२०७७ कात्तिक ५ बुधवार १४:४१
1.4K
shares
काठमाडौं: भूकम्पपछि पुनर्निर्माण भएको रानीपोखरीको उद्घाटन गरिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहकाबीच रानीपोखरीको उद्घाटन गरेकी हुन् ।
२०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त रानीपोखरी पुनर्निर्माणको २०७२ माघ २ गते राष्ट्रपति भण्डारीले शिलान्यास गरेकी थिइन् ।
अहिले रानीपोखरी र त्यहाँभित्र रहेको बालगोपालेश्वर महादेव मन्दिर पुरानै स्वरुपमा तयार भएका छन् ।
रानीपोखरी उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले अब अन्य सम्पदा पनि छिट्टै पुनर्निर्माण सकिने आशा व्यक्त गरिन् ।
रानीपोखरीलाई आधुनिक शैलीबाट बनाउन लागिएको भन्दै सर्वत्र विरोध भएपछि पुनः पुरानै शैलीबाट निर्माण गरिएको हो ।
शिलान्यास भएको करिब ५ वर्षपछि मात्रै रानीपोखरी पुननिर्माणको काम सम्पन्न भएको छ ।
वि.सं.२०७७ कात्तिक ५ बुधवार १४:४१




















