YouTube Link

उपत्यकामा अतिआवश्यक बाहेकका सेवा तीन हप्ताका लागि बन्द, नीजि सवारीमा जोर-बिजोर प्रणाली लागू गर्न माग

Facebook Link

काठमाडौं: काठमाडौ उपत्यका नगरपालिका फोरमले अति आवश्यक बाहेकका सेवा प्रवाह आगामी तीन हप्ताका लागि बन्द गरेको छ ।

राजधानी काठमाडौंमा संक्रमण दर बढ्दै गइरहेको बेला जोखिम थप बढ्न नदिन उपत्यकाका स्थानीय तहहरुको संयुक्त संयन्त्र उपत्यका नगरपालिका फोरमले स्थानिय तहबाट प्रवाह गर्दै आएको अति आवश्यक बाहेका सेवा प्रवाह आगामी तीन साताका लागि बन्द गराएको हो ।

यस्तै नगरपालिका फोरमले उपत्यकाभित्र भदौ १५ गतेसम्मका लागि सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउन र नीजि सवारीमा जोर-बिजोर प्रणाली लागू गर्न सरकारसँग माग गरेको छ ।

उपत्यका नगरपालिका फोरमले हिजो मात्रै कोभिङ-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का संयोजकसमेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग रक्षा मन्त्रालयमा छलफल गरी कोरोना रोकथाम तथा नियन्त्रणका उपायबारे सुझाव दिएको थियो ।

स्थानीय तहले क्वारेन्टाइन र आईशोलेसन सेन्टरको सञ्चालन र थप निर्माण गर्नुपर्ने दवाव आइरहेको बेला फोरमले एकीकृत करेन्टीन संघीय सरकारले सञ्चालन गर्ने स्थानीय तहले त्यसको ब्यवस्थापनमा सहयोगीको भूमिका निर्वाह गर्ने प्रस्ताव गरेको छ ।

कलकारखानमा र उद्योग धन्दा ब्यापारिक क्षेत्र होटेलहरुमा मापदण्डको प्रभावकारी पालनामा जोड दिंदै फुटपाथ ठेला गाडा र साइकल व्यापरलाई भने भाद्र १५ सम्म निषेध गर्नुपर्ने सुझाब दिएका छन् ।

कोभिड-१९ को संक्रमण फैलनसक्ने खतरालाई ध्यानमा राखी सरकारको समर्थन वा विरोधमा र्‍याली, भेला, अनसन, जुलुस लगायतका गतिविधि गर्न कडाईका साथ निषेध गरिनुपर्ने तथा भिड हुने साँस्कृतिक गतिविधि जात्रा पर्व सञ्चालनमा पनि रोक लगाउन समेत बैठकले अनुरोध गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...