YouTube Link

राजेन्द्र थापद्वारा लिखित कथासङ्ग्रह “फिर्ता चाहियो” सार्वजनिक

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: साहित्यकार तथा गीतकार राजेन्द्र थापाद्वारा लिखित कथासङ्ग्रह “फिर्ता चाहियो” सार्वजनिक गरिएको छ । राजधानीको भृकुटीमण्डपस्थित मेहन्द्र पुलिस क्लवमा चलिरहेको पुस्तक मेलाका अवसरमा उक्त पुस्तक सार्वजनिक गरिएको हो ।

वरिष्ठ साहित्यकार वैरागी काइँला, वरिष्ट साहित्यकार यादव खरेल, गीतकार एस्.पी. (शंकरप्रसाद) कोइराला, पत्रकार तथा कवि बसन्त बस्नेत, साहित्यकार हरिमाया भेटवाल, शिखा बुक्सका प्रकाशक पुष्पराज पौडेल, सोही पुस्तकका लेखक राजेन्द्र थापालगायतले कथासङ्ग्रह “फिर्ता चाहियो” सार्वजनिकरण गरेको हो । साहित्यिक तथा सांगितिक प्रस्तुतिसहित भएको कार्यक्रममा लेखक तथा गीतकार राजेन्द्र थापाद्वारा लिखित हालका चर्चित गीतहरु गायक गायिकाद्वारा प्रस्तुत गरी कार्यक्रमलाई रोचक र संगीतमय बनाइएको थियो ।

पुस्तकमाथि बौल्दै वरिष्ठ साहित्यकार वैरागी काइलाले राजेन्द्र थापाका छोटा र मिठा कथाबाट आफू सधैँ प्रभावित भएको बताउँदै शुभकामना व्यक्त गरे । यसैगरी शुभकामना दिँदै वरिष्ठ साहित्यकार यादव खरेलले राजेन्द्र थापा हरेक विधामा कलम लगाएर सबै विधामा सफल भएको उल्लेख गरे । शुभकामना दिने क्रममा एस.पी. कोइराला (शंकरप्रसाद कोइराला) ले थापाका गीत जति राम्रा र सफल छन् त्यस्तै कथा पनि त्यतिकै सफल पाठकको मन जित्ने रहेका भन्दै शुभकामना दिएका थिए ।

पुस्तकको समिक्षा गर्दै पत्रकार तथा कवि वसन्त बस्नेतले राजेन्द्र थापा धेरै विषयमा सफल हुनुभएको उल्लेख गर्दै थापाको लेखन शैली सरल, सहज र प्रभावकारी भएको बताउँदै यस पुस्तकले सहज रुपमा पाठकहरुको मन जित्न सक्ने उल्लेख गरे । कथासङ्ग्रह “फिर्ता चाहियो” शिखा बुक्सले बजारमा ल्याएको हो भने वितरकमा ज्ञानज्योति बुक्स पब्लिकेसन रहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

वि.सं.२०८३ असोज २६ सोमवार १४:१८

काठमाडौं: राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा २०८२ जेठ २३ गतेदेखि...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

वि.सं.२०८३ असोज २६ सोमवार १२:४६

काठमाडौं: रिबन इन्टरटेनमेन्टद्वारा आयोजित 'व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६' अन्तर्गतको...

दशैको पहिलो दिन आज घटस्थापना

दशैको पहिलो दिन आज घटस्थापना

वि.सं.२०८३ असोज २५ आइतवार १२:३९

काठमाडौं: नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ ।...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...