नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु, हालसम्म मृतकको संख्या १० पुग्यो
वि.सं.२०७७ जेठ २२ बिहीवार १७:०९
1.2K
sharesकाठमाडौं: नेपालमा थप १ जना कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ । पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० बर्षीय पुरुषको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएको थियो ।
२० गते उनको संकलित स्वाब परीक्षणका लागि पठाइएकोमा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । उनी भारतबाट आएर क्वरेन्टाइनमा बसेका थिए भने स्वास्थ्यमा समस्या भएपछि अस्पतालमा भर्ना भएकोमा मृत्यु भएको हो ।
वि.सं.२०७७ जेठ २२ बिहीवार १७:०९



















