YouTube Link

नेपाली सेनाका पृतनापतिलाई कोरोना संक्रमण भएपछि पृतना परिसर सिल गरियो, दुई हजार सैनिक त्रसित

Facebook Link

काठमाडौं: कोरोना भाइरसको संक्रमण देखिएका नेपाली सेनाको मध्यपूर्वी पृतनाका पृतनापति र एक जना चिकित्सकलाई उपचारका लागि काठमाडौं पठाइएसँगै त्यहाँको ब्यारेक सिल गरिएको छ ।

महोत्तरीको बर्दिवास नगरपालिकाको किसान नगरमा अवस्थित मध्यपूर्वी पृतनाका पृतनापति ५२ वर्षीय उपरथी र सेनाका एमबीबीएस डाक्टरमा शनिबार संक्रमण पुष्टि भएपछि सेनाको ब्यारेक सिल गरेर अन्य कर्मचारीहरुको स्वाब संकलन भैरहेको छ । पृतनापति र चिकित्सकमै कोरोना देखिएपछि अवस्थित मध्यपूर्वी पृतनाको ब्यारेक सिल गरिएको छ, ब्यारेकभित्रका कुनै पनि सेनालाई बाहिर आउन वा हिँडडुल गर्न प्रतिबन्ध लगाइएको छ ।

सो ब्यारेकभित्र करिब दुई हजार सैनिक कर्मचारी रहेका छन् । तर नेपाली सेनाले भने यो विषयमा कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन । पृतनापति र उक्त चिकित्सकको सम्पर्कमा ब्यारेकभित्र नै धेरै सैनिकहरु आएको कारण पनि ब्यारेकभित्र त्रासको अवस्था सिर्जना भएको हो । ब्यारेकभित्र अस्पताल, विद्यालय समेतका संरचनाहरू निर्माणाधिन रहेको छ ।

उक्त ब्यारेकभित्र एक गण, एक गुल्म, सिग्नल गण, मेडिकल गण, बिद्यालय गणसहित पृतनाका समेत रहेका कारण अहिले ब्यारेक वरिपरि सशस्त्र प्रहरी र नेपाल प्रहरीले कसैलाई पनि जान दिएको छैन ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...