नेपालमा थप १० जनामा कोरोना, संक्रमितको संख्या १२० पुग्यो
वि.सं.२०७७ वैशाख २९ सोमवार १०:०२
1.7K
shares
काठमाडौं: कपिलबस्तु जिल्लामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित कपिलबस्तुको यशोधरा गाउँपालिका ५ र वुद्धभूमि नगरपालिका ७ र १० का हुन् । उनीहरु १८, १९, २०, २०, २४, ३०, ३१, ३४ र ३४ वर्षका छन् । अर्का एक संक्रमित पुरुषको भने उमेर खुल्न बाँकी छ । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ। उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
वि.सं.२०७७ वैशाख २९ सोमवार १०:०२



















