YouTube Link

आजदेखि काठमाडौंमा तोकिएको समयभित्र गाडी चलाउन पाइने

Facebook Link

काठमाडौं: आजदेखि काठमाडौं उपत्यकामा तोकिएको समयभित्र गाडी चलाउन पाइने भएको छ । महानगरीय ट्राफिक महाशाखाका अनुसार आजदेखि समय तालिकाका आधारमा गाडी सञ्चालन गर्न पाइने व्यवस्था गरिएको हो ।

उपत्यकका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायबीच भएको बैठकले गरेको प्रस्तावलाई गृह मन्त्रालयले स्वीकृति दिएपछि समय तालिकाका आधारमा सवारीसाधन सञ्चालन खुला गर्न लागिएको ट्राफिक महाशाखाका प्रमुख भीमप्रसाद ढकालले बताएका छन् । ट्राफिक महाशाखाका अनुसार निर्माण सामग्री बोकेका ठूला टिपर र ट्रक साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म मात्र उपत्यका छिर्न पाउनेछन् भने निजामती कर्मचारी, बैंक तथा वित्तीय सेवाका कर्मचारी बिहान ९ बजेदेखि साढे ९ बजेभित्र कार्यालय पुगिसक्नुपर्नेछ । बैंकका कर्मचारी दिउँसो साढे ३ देखि ५ बजेसम्म घर फर्किसक्नुपर्नेछ भने अन्य कर्मचारी साँझ ५ देखि ६ बजेसम्म फर्किनुपर्ने नियम तोकिएको छ ।

तरकारी, खाद्य सामग्री, फलफूललगायत वस्तु बोकेका सवारीसाधन बिहान १० बजेभित्र मात्र सञ्चालन हुन पाउने महाशाखाले जनाएको छ । यी गाडी सञ्चालनका लागि आफ्नो कार्यालयबाट जारी गरिएको पत्र बोक्नुपर्ने छ । तर राति चल्ने निर्माण सामग्री बोकेका सवारीसाधनका लागि भने यस्तो पत्र आवश्यक नपर्ने ट्राफिक महाशाखा प्रमुख ढकालले जानकारी दिएका छन् । नेपाल सरकारले खुला गरेका ४४ प्रकारका उत्पादन तथा सेवासँग सम्बन्धित क्षेत्रका सवारीसाधन सञ्चालन गर्न दिने निर्णय भएको ट्राफिक महाशाखाले जानकारी दिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...