एक साताभित्र औषधी खरिदको सबै कागजात उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयलाई लेखा समितिको निर्देशन
वि.सं.२०७७ वैशाख १४ आइतवार १६:०१
1.1K
shares
काठमाडौं: संसदको सार्वजनिक लेखा समितिले कोरोना भाइरससँग सम्बन्धित औषधी तथा सामग्री खरिदको सबै कागजात एक साताभित्र उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिले मन्त्रालयलाई पत्राचार गर्दै एकसाताभित्र खरिद प्रक्रियामा संलग्न सबै कागजात उपलब्ध गराउन निर्देशन दिएको हो । समिति सचिव डाक्टर रोजनाथ पाण्डेको हस्ताक्षर रहेको पत्रमा विना प्रतिस्पर्धा ओम्नी समूहमार्फत् स्वास्थ्य सामग्री खरिद प्रक्रिया रद्ध भएको जानकारी पाएको भन्दै खरिद प्रक्रियाका विषयमा चासो देखाएको हो ।
वि.सं.२०७७ वैशाख १४ आइतवार १६:०१



















