YouTube Link

‘लकडाउन’ सुनसान काठमाडौं, अत्यावश्यक काम बाहेक बाहिर निस्कन नपाइने

Facebook Link

काठमाडौं: नेपाल सरकारले कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि आजदेखि अत्यावश्यक बाहेक सम्पूर्ण सेवा बन्द गरेको छ । कोरोना संक्रमण सम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले आज बिहान ६ बजेबाट एक सातासम्मका लागि घरबाट बाहिर निस्कन रोक लगाएको हो ।

उच्चस्तरीय समितिको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक सवारी साधन संचालनमा पूर्ण रोक लगाएको जानकारी दिए ।

कोरोना भाइरसको सम्भावित जोखिम रोक्न ‘लकडाउन’ गरिएसँगै काठमाडौं सुनसान बनेको छ । सडकमा मानिसहरु हिडेका छैनन् । अत्यावश्यक कामका लागि हिडेका मानिसहरुलाई पनि प्रहरीले सोधपुछ गरेर अवस्था हेर्दै गन्तव्यमा जान दिएको छ । सडकमा अत्यावश्यकीय सवारी साधन ट्यांकर, प्रेसका गाडी, एम्बुलेन्स मात्र चलेका छन् ।

खाद्यान्न र अत्यावश्यक वस्तु ढुवानी गर्ने बाहेक अरु सवारी साधन पनि चलाउने नपाइने भएको छ । सुरक्षाकर्मी, स्वास्थ्यकर्मी जस्ता अत्यावश्यक सेवामा खटिएका तथा अनुमति प्राप्त व्यक्ति र सवारी साधनबाहेकको आवतजावतमा समेत रोक लगाएको छ ।

अत्यावश्यक सेवा प्रवाह गर्ने बाहेकका अन्य सबै सरकारी तथा सार्वजनिक कार्यालयहरु समेत बन्द भएका छन् । अत्यावश्यक कर्मचारी उपस्थित हुनेगरी अन्य कर्मचारीलाई सम्बन्धित कार्यालय प्रमुखले बिदा दिने गरी निर्णय पनि सरकाले गरेको छ ।

के हो ‘लकडाउन’ ?

कोरोना भाइरसको संक्रमण फैलन नदिन विभिन्न मुलुकहरुले लगाएका प्रतिबन्धका स्वरुप हो ‘लकडाउन’ । ‘लकडाउन’ भनेको एक यस्तो आपत्कालीन व्यवस्था हो जस अन्तर्गत निजी प्रतिष्ठान, निजी कार्यालय एवं सार्वजनिक यातायात पूर्ण रूपले बन्द गरिन्छ । कुनै विशेष कारणविना मानिस घरबाहिर निस्किन र हिँडडुल गर्न पाउँदैन ।

नेपालमा लागु गरिएको ‘लकडाउन’ अनुसार यहाँ अब सात दिनसम्म सार्वजनिक र निजी सबै यातायात बन्द रहनेछन् । तर अत्यावश्यक, स्वास्थ्यकर्मी र सुरक्षा निकायका सवारीसाधन सञ्चालनमा भने रोक लगाइने छैन । सबै पसल, स्टोर, कारखाना, वर्कशप, अफिस, गोदाम तथा साप्ताहिक बजार बन्द रहनेछन् ।

तर लकडाउनको अवधिमा प्रहरी कार्यालय, अस्पताल, अग्नि नियन्त्रक कार्यालय, जेल, महत्त्वपूर्ण सरकारी कार्यालय तथा सरकारी खाद्यान्न एवम् किराना पसल निश्चित समयसम्म खुला रहनेछन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

वि.सं.२०८३ असोज २५ आइतवार १२:५८

गोरखा: बूढीगण्डकी नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रमा रहेका...

दशैको पहिलो दिन आज घटस्थापना

दशैको पहिलो दिन आज घटस्थापना

वि.सं.२०८३ असोज २५ आइतवार १२:३९

काठमाडौं: नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ ।...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...