YouTube Link

सरकारले कोरोना भाइरस संक्रमितको उपचार गर्छ: मन्त्री ढकाल

Facebook Link

काठमाडौं: स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस पोजेटिभ देखिएका कुनैपनि संक्रमित बिरामीलाई सरकारले उद्धार गरेर उपचार गर्ने बताएका छन् । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले कोरोना संक्रमित बिरामी भेटिए सरकारले निःशुल्क उपचार गर्ने समेत बताए ।

उनले भने- ‘कुनै व्यक्तिमा कोरोना भाइरस पोजेटिभ देखिए हामी हवाईमार्ग वा स्थलमार्गबाट त्यस्ता व्यक्तिको सुरक्षित रूपमा उद्धार गरेर अस्पताल लगेर उपचार गर्छौ ।’ हिजोसम्म हामी ग्रीन जोनमा रहेका थियौँ तर अहिले नेपालमा पनि कोरोना भाइरस पोजेटिभ देखिएपछि नेपाल अब ग्रीनजोनमा नरहेको भन्दै थप सावधानी अपनाउनुपर्ने बताए ।

गत मंगलबार फ्रान्सबाट नेपाल आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरस देखिएको र उनको परीक्षणका क्रममा कोरोना भाइरस पोजेटिभ देखिएपछि मन्त्री ढकालले विगतमा पनि कोरोना भाइरस पोजेटिम देखिएको १० दिनको उपचारपछि नेगेटिभमा परिणत भएको भन्दै अहिले देखिएका व्यक्तिलाई उपचारपछि नेगेटिभ परिणत गराइने प्रतिबद्धता समेत व्यक्त गरे ।

मन्त्री ढकाले कोरोना अति प्रभावित ५५ देश र ती देशबाट ट्रान्जिट भएर आउने यात्रुलाई नलिने भनेर निर्णय भएतापनि केही अपवादका घटना भएपछि होम क्वारेन्टाइनमा पठाइएको समेत जानकारी दिए । हवाईमार्गबाट आएका र तत्काल आफ्नो बस्ने व्यवस्था नभएकाहरुलाई सरकारले खरिपाटीमा राखेको र खरिपाटीस्थित क्वारेन्टाइन आकस्मिकका लागि राखिने बताए ।

सातै प्रदेशका मुख्यमन्त्री र सामाजिक विकासमन्त्रीको बैठकपछि सबै प्रदेशमा टेकु अस्पताल स्तरको प्रयोगशाला निर्माण गरि सम्बन्धित प्रदेशमा कोरोना भाइरससँग सम्बन्धित रोगका बारेमा मात्र उपचार गर्ने गरी परिभाषित गरेर अस्पताल निर्माण गरिने मन्त्री ढकालले जानकारी दिए । साथै उनले कोरोना भाइरस परास्त गर्न नेपालीले देखाएको दृढताप्रति अझ सावधानी अपनाउनुपर्ने मन्त्री ढकाले बताए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

वि.सं.२०८३ असोज २५ आइतवार १२:५८

गोरखा: बूढीगण्डकी नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रमा रहेका...

दशैको पहिलो दिन आज घटस्थापना

दशैको पहिलो दिन आज घटस्थापना

वि.सं.२०८३ असोज २५ आइतवार १२:३९

काठमाडौं: नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ ।...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...