YouTube Link

हेर्नुहोस् आज २०८१ बैशाख १७ गते सोमबार तपाईको राशिफल

Nepali Sena Suvakamana Dashain
Facebook Link

 

मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ

फाइदा सामान्य भए पनि तारिफयोग्य काम थालनी हुनेछ। धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला। चिताएको काम छिटै सम्पादन हुनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। व्यापार–व्यवसाय विस्तार गर्ने समय छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। दिगो कामको जग बसाउनुका साथै दाम र प्रतिष्ठा कमाउने बेला छ।

 

वृष – Taurus इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। लगनशील बन्दाबन्दै पनि काममा पछि परिनेछ। तापनि चुनौतीभित्र अवसर खोज्ने समय छ। नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुनसक्छ। मिहिनेतले पहिलेका कमजोरी सच्याउन सकिनेछ। तत्काल धेरै उपलब्धि नभए पनि पछिका लागि पूर्वाधार तयार पार्न सकिनेछ।

 

मिथुन – Gemini का, कि, कु, घ, ङ, छ, के, को, ह

प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। घुमफिर तथा मनोरञ्जनको समय छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। भौतिक साधन जुट्नाले आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। पेसा–व्यवसायमा लाभ हुनेछ। भौतिक साधन जुट्नेछन्। आम्दानी बढ्ने काम प्रारम्भ हुनेछ। दिगाे काम थाल्न सकिनेछ।

 

कर्कट – Cancer हि, हु, हे, हो, डा, डि, डु, डे, डो

रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। आफ्नै प्रयासले अधिकार स्थापित गर्न सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुनेछ। प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने द्वन्द्व र मुद्दामा पनि विजयी भइनेछ।

 

सिंह – Leo मा, मि, मु, मे, मो, टा, टि, टु, टे

मिहिनेत गर्दा विशेष अवसर प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। विद्यामा वृत्ति, सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ। सहपाठीहरूलाई उछिन्दै पुरस्कार, प्रशंसा आदि प्राप्त गर्न सकिनेछ। व्यापारमा फाइदा हुनेछ। पशुपालन र कृषिमा लाभ मिल्नेछ। सन्तानको साथले उत्साह जगाउनेछ।

 

कन्या – Virgo टो, प, पि, पु, ष, ण, ठ, पे, पो

फाइदा मात्र हेर्दा आलोचित भइनेछ। बेसुरमा लिइएकाे निर्णयले समस्या निम्त्याउने हुँदा व्यवहारमा सजग रहनुपर्ला। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ। आफ्नै कमजाेरीले पनि काममा पछि परिनेछ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सहयाेगले लाभ उठाउन सकिनेछ।

 

तुला – Libra र, रि, रु, रे, रो, ता, ति, तु, ते

विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने मौका छ।

 

वृश्चिक – Scorpio तो, ना, नि, नु, ने, नो, या, यि, यु

प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। बोली–व्यवहारमा अलि सजग रहनुपर्ला। हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ। नियमित काममा भने साबिकजस्तै फाइदा भइरहनेछ। अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ। विवादास्पद जिम्मेवारी आउनाले सावधानीले मात्र कार्यसिद्धि हुनेछ।

 

धनु – Sagittarius ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। तर विराेध जनाउनेहरूसँग सन्तुलित व्यवहार गर्नुहाेला। मिहिनेतले कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।

 

मकर – Capricorn भो, ज, जि, खि, खु, खे, खो, गा, गि

अप्ठ्याराे काम थाल्नाले दिनभरि दाैडधुप गर्नुपर्ला। कामले खर्च बढाउन सक्छ। सञ्चित रकम अरूलाई सरसापट दिनुपर्ने हुन सक्छ। अर्थअभावले सताउने समय छ। टाढाका साथीभाइसँग सम्पर्क भने बढ्नेछ। परिवारजनबाट टाढिनुपर्ला। अरूलाई समय दिँदा आफू पछि परिनेछ। करकापमा परी कुनै काम वा विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ।

 

कुम्भ – Aquarius गु, गे, गो, सा, सि, सु, से, सो, द

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट मनग्य फाइदा उठाउन सकिनेछ। पछिसम्म फाइदा हुने कामको जग बसाउने अवसर प्राप्त हुनेछ।

 

मीन – Pisces दि, दु, थ, झ, ञ, दे, दो, च, चि

मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। नोकरी तथा पेसा–व्यवसायमा फाइदा हुनेछ। भौतिक साधनहरू संग्रह हुनेछन्। तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। रुचिका विषयमा लगानी बढाउन पनि सकिनेछ।

 

साभारः नेपाली पात्रोबाट, लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

हेर्नुहोस् आज २०८३ असोज ३० गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८३ असोज ३० गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८३ असोज ३० शुक्रवार ०८:४३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...