धरान उपमहानगरपालिकामा हर्क साम्पाङ विजय नजिक

वि.सं.२०७९ जेठ ७ शनिवार १२:४१

धरान: धरान उपमहानगरपालिकाको मतगणनामा सत्ता साझेदार गठबन्धनका उम्मेदवारलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजयी नजिक पुगेका छन् ।
मतगणना भइरहेको अवस्थामा मेयरमा साम्पाङको १४ हजार १८३ मतका साथ अगाडि छन् भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेका किशोर राईले ११ हजार ९९८ मत प्राप्त गरेका छन् ।
त्यसैगरी उपमेयरमा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका अइन्द्रविक्रम बेघाले १४ हजार १४८ मतका साथ अग्रता कायम गरेका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका पदम प्रसाद लिम्बूले १३ हजार १८३ मतका साथ पछ्याईरहेका छन् ।
एमालेकी मन्जु भण्डारीले ९ हजार ७३५ मत प्राप्त गरेकी छन् ।
एमालेको पकड रहेको क्षेत्रमा हर्कले कांग्रेस र एमालेका दुबै उम्मेदवारको भन्दा बढी मत प्राप्त गर्न थालेपछि हर्कको विजय सुनिश्चित जस्तै बनेको छ ।

वि.सं.२०७९ जेठ ७ शनिवार १२:४१