विभिन्न पदमा हालसम्म २३ हजारभन्दा बढीले दिए उम्मेदवारी
वि.सं.२०७९ वैशाख १२ सोमवार १७:२३
काठमाडौं: वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि विभिन्न पदमा हालसम्म २३ हजार ५ सय १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन आयोगले आइतबार र सोमबार मनोनयन दर्ताको लागि समय दिएको थियो ।
हालसम्म आयोगका अनुसार प्रमुख पदमा एक हजार ३१, अध्यक्ष पदमा ८ सय ७१, उपप्रमुख पदमा ५ सय ३०, उपाध्यक्ष पदमा ४९६, वडा अध्यक्ष पदमा ६ हजार ३ सय २२, महिला सदस्य पदमा ३ हजार ५ सय ७५, दलित महिला सदस्य पदमा ३ हजार ६ र सदस्य पदमा ७ हजार ६ सय ८६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
वि.सं.२०७९ वैशाख १२ सोमवार १७:२३