YouTube Link

कांग्रेस नेतृ सिर्जना सिंहले दर्ता गरिन काठमाडौंको मेयरमा उम्मेदवारी

World Cup 2026
Facebook Link

 

काठमाडौं: सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएकी छिन् ।

 

उम्मेदवारी दर्ता र्‍यालीमा काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गी सहित सिर्जनाका श्रीमान प्रकाशमान र छोरा प्रभासमान सिंह पनि उम्मेदवारी दर्ता कार्यक्रमको र्‍यालीमा सहभागी थिए ।

 

मेयरकी उम्मेदवार कांग्रेस नेतृ सिर्जना सिंहले काठमाडौं महानगरले पहिलो महिला नेतृत्व पाउन लागेको बताएकी छिन् ।

 

उम्मेदवारी दर्ता लगत्तै पत्रकारहरूसँग कुराकानी गर्दै सिंहले देशकै राजधानी सहरमा पहिलो महिला मेयर निर्वाचित हुन लागेको विषयले सबैमा उत्साह बढेको बताइन् ।

 

‘जित निश्चित नै छ । काठमाडौं महानगरले पहिलो महिला मेयर पाउँदैछ’, सिंहले भनिन् ।

 

आफू मेयर भएपछि काठमाडौंलाई व्यवस्थित सहर बनाउने भन्दै सिंहले ट्राफिक समस्यादेखि खानेपानी र सरसफाइको समस्या समाधानमा विशेष ध्यान दिने बताइन् ।

 

त्यस्तै कामकाजी महिला बालबच्चाहरूको हेरचाहका लागि महानगरका विभिन्न स्थानमा सामुदायिक शिशु स्याहार केन्द्र स्थापना गर्ने उद्घोष पनि सिंहले गरिन् ।

 

‘काम गरेर घर चलाउनुपर्ने महिलाका बच्चाहरू हेर्दिने डे केयर सेण्टरहरु बनाउँछु । अहिले बच्चाको स्याहार गर्न नै हजारौँ रुपैयाँ खर्च गर्नुपर्ने अवस्था छ, त्यो हटाउँछु’, सिंहले भनिन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...