YouTube Link

संयुक्त रुपमा सातौं ट्रेड युनियन महासंघले सरकारविरुद्ध गर्यो आन्दोलन

Facebook Link

काठमाडौ: सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा सहितको लकडाउन गरेको लगभग ६ महिनापछि केही हदसम्म खुकुलो पारेको छ ।

यस अवधिमा विशेषगरी श्रम गरी खाने श्रमिकहरु निकै मारमा परेको समाचारहरु पढ्न र सुन्न पाइयो ।

सरकारले गरेको एक्कासी लकडाउनको कारणले कतिपय श्रमिकहरु भोकभोकै बस्नु परेको र कतिपय श्रमिकहरुले रोजगारी समेत गुमाउनु परेको गुनासो जनमानसमा आयो ।

यस्तो विषम परिस्थितिमा पनि सरकारले उनीहरुप्रति कुनै सहज कदम नचालेको र कुनै पनि जिम्मेवारी नदेखाएको कारण संयुक्त रुपमा सातौं ट्रेड युनियन महासंघले माइतिघर मण्डलामा सरकारविरुद्ध आक्रोषित हुँदै नाराबाजी गरेका थिए ।

यस आन्दोलन कार्यक्रममा विभिन्न ट्रेड युनियन महासंघका प्रतिनिधी वक्ताहरुले सरकारको कमजोरीको खण्डन गर्दै आ–आफ्नो भनाई राखेका थिए ।

 

यसै कार्यक्रममा नेकपा (माओवादी केन्द्र)को भातृ संगठन क्रान्तिकारी ट्रेड युनियन महासंघ नेपालका अध्यक्ष राजन तिमिल्सिनाले भने– यो एउटा सांकेतिक विरोध कार्यक्रम मात्रै हो ।

यदि सरकारले श्रमिकहरुलाई यसरी नै बेवास्ता गर्ने काम गरिरहने हो भने अझ सशक्त रुपले फेरि सरकारलाई घुँडा टेकाउने गरी आन्दोलनको आँधीबेरी गर्नेछौँ ।

 

यस विरोध कार्यक्रममा सहभागी अन्य जनताहरुले सरकारले यसरी भोकभोकै लकडाउनको निहु गरेर घरभित्रै थुन्ने काम उचित नभएको तर्कहरु राखे ।

यो कोरोना (COVID-19) महामारी भएको अवस्थामा ‘के विरोध कार्यक्रम नै गर्नु सहि हो र’ भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा श्रमिकहरु ‘रोगले होइन भोक र शोकले मर्न आँटेको’ भन्ने धेरैको जनगुनासो थियो ।

के साँच्चै सरकारले श्रमिकहरुलाई मात्रै नभएर नेपाली जनताहरुलाई नै बेवास्ता गरेकै हो त ?

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...