YouTube Link

संयुक्त रुपमा सातौं ट्रेड युनियन महासंघले सरकारविरुद्ध गर्यो आन्दोलन

Facebook Link

काठमाडौ: सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा सहितको लकडाउन गरेको लगभग ६ महिनापछि केही हदसम्म खुकुलो पारेको छ ।

यस अवधिमा विशेषगरी श्रम गरी खाने श्रमिकहरु निकै मारमा परेको समाचारहरु पढ्न र सुन्न पाइयो ।

सरकारले गरेको एक्कासी लकडाउनको कारणले कतिपय श्रमिकहरु भोकभोकै बस्नु परेको र कतिपय श्रमिकहरुले रोजगारी समेत गुमाउनु परेको गुनासो जनमानसमा आयो ।

यस्तो विषम परिस्थितिमा पनि सरकारले उनीहरुप्रति कुनै सहज कदम नचालेको र कुनै पनि जिम्मेवारी नदेखाएको कारण संयुक्त रुपमा सातौं ट्रेड युनियन महासंघले माइतिघर मण्डलामा सरकारविरुद्ध आक्रोषित हुँदै नाराबाजी गरेका थिए ।

यस आन्दोलन कार्यक्रममा विभिन्न ट्रेड युनियन महासंघका प्रतिनिधी वक्ताहरुले सरकारको कमजोरीको खण्डन गर्दै आ–आफ्नो भनाई राखेका थिए ।

 

यसै कार्यक्रममा नेकपा (माओवादी केन्द्र)को भातृ संगठन क्रान्तिकारी ट्रेड युनियन महासंघ नेपालका अध्यक्ष राजन तिमिल्सिनाले भने– यो एउटा सांकेतिक विरोध कार्यक्रम मात्रै हो ।

यदि सरकारले श्रमिकहरुलाई यसरी नै बेवास्ता गर्ने काम गरिरहने हो भने अझ सशक्त रुपले फेरि सरकारलाई घुँडा टेकाउने गरी आन्दोलनको आँधीबेरी गर्नेछौँ ।

 

यस विरोध कार्यक्रममा सहभागी अन्य जनताहरुले सरकारले यसरी भोकभोकै लकडाउनको निहु गरेर घरभित्रै थुन्ने काम उचित नभएको तर्कहरु राखे ।

यो कोरोना (COVID-19) महामारी भएको अवस्थामा ‘के विरोध कार्यक्रम नै गर्नु सहि हो र’ भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा श्रमिकहरु ‘रोगले होइन भोक र शोकले मर्न आँटेको’ भन्ने धेरैको जनगुनासो थियो ।

के साँच्चै सरकारले श्रमिकहरुलाई मात्रै नभएर नेपाली जनताहरुलाई नै बेवास्ता गरेकै हो त ?

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...