YouTube Link

रामेछापमा सत्ता गठबन्धनबीच चुनावी तालमेल नहुने निश्चित, गठबन्धन भाँडिदा एमाले उत्साहित

Facebook Link

 

रामेछाप: रामेछापमा सत्ता गठबन्धनबीच चुनावी तालमेल नहुने निश्चित भएको छ । औपचारिक रुपमा नै कांग्रेसले माओवादीसँग चुनावी तालमेल नगर्ने घोषणा गरेको छ ।

 

सत्ता गठबन्धनबीच चुनावी तालमेल नहुने भएसँगै एमाले उत्साहित भएको छ । सत्ता गठबन्धन हुँदा चुनावी केही स्थानीय तह गुमाउने हिसाब निकालेको एमाले रामेछापले चुनाब जित्नेमा ढुक्क देखिएको छ ।

 

कांग्रेसले ८ वटै स्थानीय तहमा एक्लै लडने गरी उम्मेदवार छनोटको प्रक्रिया अघि बढाएको छ । कांग्रेसले ६ वटा स्थानीय तहमा जित्ने आँकलन गरेको छ ।

 

गत स्थानीय तहको निर्वाचनमा पाँच वटा स्थानीय तहमा निर्वाचन जितेको एमाले यस पटक थप एक स्थानीय तह थपेर ६ वटा पुर्याउने दावी गरेको छ ।

 

गठबन्धन हुँदा एमालेले मन्थली नगरपालिका, रामेछाप नगरपालिका जित्नको सहज नहुने अनुमान गरेको थियो ।

 

तर सत्ता गठबन्धन नहुने भएपछि एक्लै चुनावी जित्ने आधार बनेको एमालेले निष्कर्ष निकालेको छ ।

 

८ वटा स्थानीय तह र ६४ वटा वडा रहेको रामेछापमा गत स्थानीय तहको निर्वाचनमा कांग्रेसले रामेछाप नगरपालिकासहित १३ वटा वडामा निर्वाचन जितेको थियो ।

 

कांग्रेसले एमाले विभाजित भएको र माओवादीको सांगठानिक अवस्था कमजोर भएको हिसाब निकाल्दै ६ वटा स्थानीय तह जित्ने हिसाब निकालेको छ ।

 

तर दावी गरेजस्तो गरी चुनाव जित्नेमा कांग्रेस ढुक्क भने देखिएको छैन् । कांग्रेसलाई १३ वडाबाट बढाएर ४० वटा वडा जित्न त्यति सहज नरहेको बताइएको छ ।

 

गत स्थानीय तहको निर्वाचनमा सबै स्थानीय तहमा दोस्रो भएको तथ्याङकलाई आधार बनाएर पनि कांग्रेसले जित्ने दावी गरेको छ ।

 

त्यसैगरी गत स्थानीय तहको निर्वाचनमा रामेछापको सुनापति र दोरम्बा शैलुङ गाउँपालिका जितेको माओवादी पनि दावी गरेको थप तीन वटा स्थानीय तहको निर्वाचन जित्नेमा ढुक्क देखिएको छैन ।

 

विगतमा जितको दुई स्थानीय तह जित्ने हिसाब निकालेको माओवादीले खाँडादेवी गाउँपालिका, मन्थली नगरपालिका र रामेछाप नगरपालिका जित्ने दावी गरेको छ ।

 

गत निर्वाचनमा २३ वटा वडा जितेको माओवादीले आगामी निर्वाचनमा ३३ वटा वडा जित्ने आँकलन गरेको छ ।

 

कांग्रेस र माओवादीको अडानको कारण चुनावी तालमेल हुन नसकेकोप्रति नेकपा एकीकृत समाजवादी घमण्डको कारण दुवै पार्टी हार्ने अवस्थामा पुगेको निष्कर्ष निकालेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...