YouTube Link

रामेछापमा सत्ता गठबन्धनबीच चुनावी तालमेल नहुने निश्चित, गठबन्धन भाँडिदा एमाले उत्साहित

Facebook Link

 

रामेछाप: रामेछापमा सत्ता गठबन्धनबीच चुनावी तालमेल नहुने निश्चित भएको छ । औपचारिक रुपमा नै कांग्रेसले माओवादीसँग चुनावी तालमेल नगर्ने घोषणा गरेको छ ।

 

सत्ता गठबन्धनबीच चुनावी तालमेल नहुने भएसँगै एमाले उत्साहित भएको छ । सत्ता गठबन्धन हुँदा चुनावी केही स्थानीय तह गुमाउने हिसाब निकालेको एमाले रामेछापले चुनाब जित्नेमा ढुक्क देखिएको छ ।

 

कांग्रेसले ८ वटै स्थानीय तहमा एक्लै लडने गरी उम्मेदवार छनोटको प्रक्रिया अघि बढाएको छ । कांग्रेसले ६ वटा स्थानीय तहमा जित्ने आँकलन गरेको छ ।

 

गत स्थानीय तहको निर्वाचनमा पाँच वटा स्थानीय तहमा निर्वाचन जितेको एमाले यस पटक थप एक स्थानीय तह थपेर ६ वटा पुर्याउने दावी गरेको छ ।

 

गठबन्धन हुँदा एमालेले मन्थली नगरपालिका, रामेछाप नगरपालिका जित्नको सहज नहुने अनुमान गरेको थियो ।

 

तर सत्ता गठबन्धन नहुने भएपछि एक्लै चुनावी जित्ने आधार बनेको एमालेले निष्कर्ष निकालेको छ ।

 

८ वटा स्थानीय तह र ६४ वटा वडा रहेको रामेछापमा गत स्थानीय तहको निर्वाचनमा कांग्रेसले रामेछाप नगरपालिकासहित १३ वटा वडामा निर्वाचन जितेको थियो ।

 

कांग्रेसले एमाले विभाजित भएको र माओवादीको सांगठानिक अवस्था कमजोर भएको हिसाब निकाल्दै ६ वटा स्थानीय तह जित्ने हिसाब निकालेको छ ।

 

तर दावी गरेजस्तो गरी चुनाव जित्नेमा कांग्रेस ढुक्क भने देखिएको छैन् । कांग्रेसलाई १३ वडाबाट बढाएर ४० वटा वडा जित्न त्यति सहज नरहेको बताइएको छ ।

 

गत स्थानीय तहको निर्वाचनमा सबै स्थानीय तहमा दोस्रो भएको तथ्याङकलाई आधार बनाएर पनि कांग्रेसले जित्ने दावी गरेको छ ।

 

त्यसैगरी गत स्थानीय तहको निर्वाचनमा रामेछापको सुनापति र दोरम्बा शैलुङ गाउँपालिका जितेको माओवादी पनि दावी गरेको थप तीन वटा स्थानीय तहको निर्वाचन जित्नेमा ढुक्क देखिएको छैन ।

 

विगतमा जितको दुई स्थानीय तह जित्ने हिसाब निकालेको माओवादीले खाँडादेवी गाउँपालिका, मन्थली नगरपालिका र रामेछाप नगरपालिका जित्ने दावी गरेको छ ।

 

गत निर्वाचनमा २३ वटा वडा जितेको माओवादीले आगामी निर्वाचनमा ३३ वटा वडा जित्ने आँकलन गरेको छ ।

 

कांग्रेस र माओवादीको अडानको कारण चुनावी तालमेल हुन नसकेकोप्रति नेकपा एकीकृत समाजवादी घमण्डको कारण दुवै पार्टी हार्ने अवस्थामा पुगेको निष्कर्ष निकालेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...