Health Ad
YouTube Link

हङकङ निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता, चुनावी मैदानमा एक हजार उम्मेदवारबीच प्रतिष्पर्धा

Khanepani Dhal
Facebook Link

एजेन्सी: लामो समय चलेको आन्दोलनपछि हङकङमा भएको जिल्ला परिषदको निर्वाचनमा उत्साहजनक मत खसेको छ । सन् २०१६ मा भएको जिल्ला परिषदको निर्वाचनमा भन्दा बढी मतदान भएको बताइएको छ । निर्वाचनमा ७१ प्रतिशत भन्दा बढी मत खसेको सञ्चारमाध्यमले जनाएका छन् ।

प्रजातन्त्र समर्थकहरुको पाँच महिना लामो सरकार विरोधी प्रदर्शनपछि मतदान भएको हो । यो निर्वाचनमा लामो संघर्ष गरिरहेकी हङकङकी प्रमुख कार्यकारी क्यारी लामको समर्थकको परीक्षणको रुपमा हेरिएको छ । प्रजातन्त्र पक्षधरहरुले सरकारविरुद्ध आन्दोलन गरिरहेका बेला भएको निर्वाचनले चीन सरकारलाई पनि सन्देश दिने अनुमान गरिएको छ । हङकङको जिल्ला परिषद्मा ४ सय ५२ पार्षद्हरू चुनिनेछन् । चुनावी मैदानमा एक हजार उम्मेदवार छन् ।

ग्रामीण जिल्लाका लागि २७ सीट छुट्ट्याइएको छ । ७४ लाख जनसंख्या रहेको हङकङमा ४१ लाख मतदाताले मतदानका लागि नाम लेखाएका थिए । जुन अहिलेसम्मकै बढी हो । जिल्ला पार्षद्हरूसँग निकै कम शक्ति हुन्छ त्यसले चुनाव पनि असाध्यै स्थानीय तवरको हुने गर्छ । हङकङको चुनाव प्रणाली बमोजिम १ सय १७ जिल्ला पार्षद्हरू १२ सय सदस्यीय समितिको सदस्य बन्नेछन् जसले प्रमुख कार्यकारी चयन गर्नेछ । प्रजातन्त्रवादीहरुले परिषदमा आफ्नो प्रतिनिधित्व त्रढाउने अपेक्षा गरेका छन् । परिषदले प्रमुख कार्यकारी चयनमा परम्परागत रुपमा नै प्रभाव राख्दै आएको छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
१६ दिनदेखि सरकारी शिक्षकहरु सडकमै

१६ दिनदेखि सरकारी शिक्षकहरु सडकमै

वि.सं.२०८२ वैशाख ४ बिहीवार ११:०८

काठमाडौं: शिक्षकहरूले १६ औँ दिन पनि सडक आन्दोलनलाई निरन्तरता दिने...

७५ जना नेपाल प्रहरीका सई वरिष्ठ सईमा बढुवा

७५ जना नेपाल प्रहरीका सई वरिष्ठ सईमा बढुवा

वि.सं.२०८२ वैशाख ४ बिहीवार १०:५४

काठमाडौं: नेपाल प्रहरीका ७५ प्रहरी नायव निरीक्षक (सई) वरिष्ठ सईमा...

शिक्षकहरूलाई विद्यालय फर्किन मन्त्रिपरिषद्को आग्रह

शिक्षकहरूलाई विद्यालय फर्किन मन्त्रिपरिषद्को आग्रह

वि.सं.२०८२ वैशाख ३ बुधवार ०९:३२

काठमाडौं: विद्यालय शिक्षा विधेयक छिटोभन्दा छिटो पारित गर्ने प्रतिबद्धता जनाउँदै...

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

वि.सं.२०८२ वैशाख २ मंगलवार १७:१४

काठमाडौं: सिक्किम एमेचर उसु संघको आयोजना हुन लागेको उसु प्रो...

सुनको मूल्यमा आज अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड

सुनको मूल्यमा आज अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड

वि.सं.२०८१ चैत ३१ आइतवार ११:१३

काठमाडौं: दुई दिनमा ९ हजार ६ सय रुपैयाँ बढेको सुनको...

शिक्षक महासंघ र सरकारबीच सहमतिको प्रयास जारी

शिक्षक महासंघ र सरकारबीच सहमतिको प्रयास जारी

वि.सं.२०८१ चैत ३१ आइतवार १०:५५

काठमाडौं: शिक्षक-कर्मचारीमैत्री शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल...