YouTube Link

यातायात व्यवस्था कार्यालय एकान्तकुनाले ट्रायलमा फेल र अनुपस्थित १३ सयलाई लाइसेन्स दिएको खुलासा

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: ट्रायलमा फेल र अनुपस्थित भएका १३ सय जनालाई यातायात व्यवस्था कार्यालय एकान्तकुना ललितपरले लाइसेन्स दिएको खुलेको छ । सवारी चालक अनुमतिपत्र बागमती एकान्तकुना कार्यालयका तत्कालिन कार्यालय प्रमुख उपसचिव आनन्दकेशरी पोखरेल सहित ३८ जनाको मिलोमतोमा ट्रायलमा फेल भएकालाई लाइसेन्स दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

खरेलविरुद्ध ८ लाख ५९ हजार विगो कायम गर्दै विगोको दोब्बर जरिवानाको माग दाबी गरिएको छ । सबै प्रतिबादीलाई कसुरको मात्रा अनुसार फरक फरक विगो र सजायको मागसहित अभियोगपत्र दर्ता भएको छ । प्रयोगात्मक परीक्षामा फेल भएका १ हजार २ सय ८४ जनालाई पास गराउने पोखरेलसहित तीन उपसचिव, इन्जिनियर, डीएसपी सहित यातायात कर्मचारीलाई प्रतिवादी बनाएको छ ।

२०६९ वैशाख, जेष्ठ र आषाढ महिनाभित्र प्रयोगात्मक परीक्षामा भएको फेरबदलको सम्बन्धमा परेका उजूरीको आधारमा अख्तियारले अनुसन्धान गरेको हो । प्रयोगात्मक परीक्षा (ट्रायल) मा फेल/अनुपस्थित भएकालाई पास जनाई निर्णय गरेको गरेको पाइएको छ । आरोपीहरुले ट्रायलको नतिजामा फेरबदल गरी सवारी चालक अनुमतिपत्र(लाइसेन्स) जारी गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभएको छ ।

नयाँ सवारी चालक अनुमतिपत्रको कार्यालयमा रहेको अभिलेख लगायतका सरकारी कागजात नोक्सान गरेको र उक्त जारी गरिएका सवारी चालक अनुमतिपत्रको लिनुपर्ने राजश्वसमेत नलिएर सरकारी सम्पत्ति हिनामिना गरेको पुष्टि भएको अख्तियारले दाबी गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...