YouTube Link

यातायात व्यवस्था कार्यालय एकान्तकुनाले ट्रायलमा फेल र अनुपस्थित १३ सयलाई लाइसेन्स दिएको खुलासा

Facebook Link

काठमाडौं: ट्रायलमा फेल र अनुपस्थित भएका १३ सय जनालाई यातायात व्यवस्था कार्यालय एकान्तकुना ललितपरले लाइसेन्स दिएको खुलेको छ । सवारी चालक अनुमतिपत्र बागमती एकान्तकुना कार्यालयका तत्कालिन कार्यालय प्रमुख उपसचिव आनन्दकेशरी पोखरेल सहित ३८ जनाको मिलोमतोमा ट्रायलमा फेल भएकालाई लाइसेन्स दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

खरेलविरुद्ध ८ लाख ५९ हजार विगो कायम गर्दै विगोको दोब्बर जरिवानाको माग दाबी गरिएको छ । सबै प्रतिबादीलाई कसुरको मात्रा अनुसार फरक फरक विगो र सजायको मागसहित अभियोगपत्र दर्ता भएको छ । प्रयोगात्मक परीक्षामा फेल भएका १ हजार २ सय ८४ जनालाई पास गराउने पोखरेलसहित तीन उपसचिव, इन्जिनियर, डीएसपी सहित यातायात कर्मचारीलाई प्रतिवादी बनाएको छ ।

२०६९ वैशाख, जेष्ठ र आषाढ महिनाभित्र प्रयोगात्मक परीक्षामा भएको फेरबदलको सम्बन्धमा परेका उजूरीको आधारमा अख्तियारले अनुसन्धान गरेको हो । प्रयोगात्मक परीक्षा (ट्रायल) मा फेल/अनुपस्थित भएकालाई पास जनाई निर्णय गरेको गरेको पाइएको छ । आरोपीहरुले ट्रायलको नतिजामा फेरबदल गरी सवारी चालक अनुमतिपत्र(लाइसेन्स) जारी गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभएको छ ।

नयाँ सवारी चालक अनुमतिपत्रको कार्यालयमा रहेको अभिलेख लगायतका सरकारी कागजात नोक्सान गरेको र उक्त जारी गरिएका सवारी चालक अनुमतिपत्रको लिनुपर्ने राजश्वसमेत नलिएर सरकारी सम्पत्ति हिनामिना गरेको पुष्टि भएको अख्तियारले दाबी गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...