YouTube Link

अमेरिकी विदेश मन्त्रालयद्वारा ट्रम्प प्रशासनले युक्रेनसँग गरेका संवादको विवरण सार्वजनिक

Facebook Link

एजेन्सी: अमेरिकी विदेश मन्त्रालयले ट्रम्प प्रशासनले युक्रेनसँग गरेका संवादहरुको विवरण सार्वजनिक गरेको छ । सूचनाको हकसम्बन्धी कानुनको प्रयोग गरेर जानकारी माग गरिएपछि विवरण सार्वजनिक गरिएका हुन् ।

सार्वजनिक विवरणमा विदेशमन्त्री माइक पोम्पेओ र ट्रम्पका निजी वकिल रुडी गुलानीबीच पटक–पटक संवाद भएको देखिएको छ । तर, कुराकानीको विषयवस्तु भने खुलाइएको छैन । अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्धको महाअभियोग अनुसन्धानमा अमेरिका–युक्रेनबीचको सम्बन्ध केन्द्रमा रहेको छ । ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई पूर्वअमेरिकी उपराष्ट्रपति जो बाइडेन र उनका छोरा हन्टर बाइडेनमाथि भ्रष्टाचार आरोपमा छानबिन सुरु गर्न आग्रह गरेका थिए । त्यसकै लागि उनले युक्रेनलाई दिइँदै आएको सैन्य सहायता रोकेको आरोप छ ।

तर, ट्रम्पले भने आफूले कुनै गलत काम नगरेको दाबी गर्दै आएका छन् । बाइडेन सन् २०२० को राष्ट्रपतीय चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बन्नेमा प्रमुख दाबेदार मानिन्छन् । अनुसन्धानका क्रममा भएको सार्वजनिक सुनुवाइकाक्रममा युक्रेनसम्बन्धी नीतिमा ट्रम्पका निजी वकिल गुलानीको भूमिका रहेको र त्यसबारे विदेशमन्त्री पोम्पेओ, उपराष्ट्रपति माइक पेन्स तथा ‘चिफ अफ स्टाफ’लाई पनि जानकारी रहेको सहभागीले बताएका थिए । सुनुवाइमा उपस्थित भएकाहरुले राष्ट्रपति ट्रम्पको निर्देशनमा यी सबै प्रक्रिया अगाडि बढाइएको बताएका थिए ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
हेर्नुहोस् आज २०८२ साउन ३ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ साउन ३ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८२ साउन ३ शनिवार ०६:१७

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

२० जना खेलाडीले बैंगलोरमा प्रशिक्षण गर्ने

२० जना खेलाडीले बैंगलोरमा प्रशिक्षण गर्ने

वि.सं.२०८२ साउन २ शुक्रवार १८:३६

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले टी-२० विश्वकप क्वालिफायरका लागि...

हेर्नुहोस् आज २०८२ साउन २ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ साउन २ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८२ साउन २ शुक्रवार ०६:३३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

अपराधविरुद्धको निर्मम ‘एक्सन’ मा इलाका प्रहरी कोहलपुर

अपराधविरुद्धको निर्मम ‘एक्सन’ मा इलाका प्रहरी कोहलपुर

वि.सं.२०८२ असार ३२ बुधवार १४:५१

बाँके (कोहलपुर) : इलाका प्रहरी कार्यालय कोहलपुरको सक्रियताका कारण भारतबाट...

वाणिज्य बैंकहरूले घटाए व्यक्तिगत मुद्दतीतर्फ ब्याजदर

वाणिज्य बैंकहरूले घटाए व्यक्तिगत मुद्दतीतर्फ ब्याजदर

वि.सं.२०८२ असार ३२ बुधवार १३:१७

काठमाडौं: अधिकांश वाणिज्य बैंकहरूले साउन महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ ब्याजदर...

कक्षा ११ र १२ को छात्रवृत्तिका लागि १७ हजार २२९ दिए आवेदन, साउन १ गतेदेखि प्रवेश पत्र डाउनलोड गर्न सकिने

कक्षा ११ र १२ को छात्रवृत्तिका लागि १७ हजार २२९ दिए आवेदन, साउन १ गतेदेखि प्रवेश पत्र डाउनलोड गर्न सकिने

वि.सं.२०८२ असार ३२ बुधवार ११:३६

काठमाडौं: काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११...