YouTube Link

अमेरिकी विदेश मन्त्रालयद्वारा ट्रम्प प्रशासनले युक्रेनसँग गरेका संवादको विवरण सार्वजनिक

Facebook Link

एजेन्सी: अमेरिकी विदेश मन्त्रालयले ट्रम्प प्रशासनले युक्रेनसँग गरेका संवादहरुको विवरण सार्वजनिक गरेको छ । सूचनाको हकसम्बन्धी कानुनको प्रयोग गरेर जानकारी माग गरिएपछि विवरण सार्वजनिक गरिएका हुन् ।

सार्वजनिक विवरणमा विदेशमन्त्री माइक पोम्पेओ र ट्रम्पका निजी वकिल रुडी गुलानीबीच पटक–पटक संवाद भएको देखिएको छ । तर, कुराकानीको विषयवस्तु भने खुलाइएको छैन । अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्धको महाअभियोग अनुसन्धानमा अमेरिका–युक्रेनबीचको सम्बन्ध केन्द्रमा रहेको छ । ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई पूर्वअमेरिकी उपराष्ट्रपति जो बाइडेन र उनका छोरा हन्टर बाइडेनमाथि भ्रष्टाचार आरोपमा छानबिन सुरु गर्न आग्रह गरेका थिए । त्यसकै लागि उनले युक्रेनलाई दिइँदै आएको सैन्य सहायता रोकेको आरोप छ ।

तर, ट्रम्पले भने आफूले कुनै गलत काम नगरेको दाबी गर्दै आएका छन् । बाइडेन सन् २०२० को राष्ट्रपतीय चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बन्नेमा प्रमुख दाबेदार मानिन्छन् । अनुसन्धानका क्रममा भएको सार्वजनिक सुनुवाइकाक्रममा युक्रेनसम्बन्धी नीतिमा ट्रम्पका निजी वकिल गुलानीको भूमिका रहेको र त्यसबारे विदेशमन्त्री पोम्पेओ, उपराष्ट्रपति माइक पेन्स तथा ‘चिफ अफ स्टाफ’लाई पनि जानकारी रहेको सहभागीले बताएका थिए । सुनुवाइमा उपस्थित भएकाहरुले राष्ट्रपति ट्रम्पको निर्देशनमा यी सबै प्रक्रिया अगाडि बढाइएको बताएका थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

वि.सं.२०८३ साउन ३१ आइतवार ११:४१

काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाका प्रमुख...

अविरल वर्षाका कारण जाजारकोट पहिरामा परि दुई जनाको मृत्यु

अविरल वर्षाका कारण जाजारकोट पहिरामा परि दुई जनाको मृत्यु

वि.सं.२०८३ साउन ३१ आइतवार ११:१८

जाजरकोट: अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिकाका विभिन्न स्थानमा गएको...

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...

‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ का झलक फोटोमा

‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ का झलक फोटोमा

वि.सं.२०८३ साउन २५ सोमवार १५:१९

तीन दिनसम्म चल्ने 'तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६' मा विश्वभर...

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

वि.सं.२०८३ साउन २५ सोमवार १४:३२

काठमाडौं: कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौत्तमले लोकतन्त्रलाई...

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

वि.सं.२०८३ साउन २४ आइतवार १२:०१

तस्वीरमा नेपाल प्रहरीले आर्थिक वर्ष २०८२/०८३...