YouTube Link

साउदीको एक कम्पनीले बोलायो पाँच वर्षपछि ५७१ नेपाली श्रमिकलाई पारिश्रमिक लिन

Facebook Link

 

काठमाडौं: साउदी अरबको रोजगारदाता कम्पनीले पाँच वर्षअघि नेपाली श्रमिकलाई नदिएको पारिश्रमिक र अन्य सुविधाबापतको रकम दिन बोलाएको छ । साउदीस्थित मोहमद अल मोजिल ग्रुप नामक कम्पनी अहिले पुरानै अवस्थापछि त्यो बेलामा पारिश्रमिक नपाएका ५७१ नेपाली श्रमिकलाई पारिश्रमिक लिन बोलाएको हो ।

 

पाँच वर्ष पहिले उक्त कम्पनी टाट पल्टिएर बन्द हुने अवस्थामा पुगेको थियो । वर्षौँसम्म काम गरेका नेपाली श्रमिकलाई कम्पनी नोक्सान भएर बन्द अवस्था पुगेपछि त्यत्तिकै फिर्ता पठाएको थियो । उक्त कम्पनीले नेपाली दूतावासमार्फत नेपाली श्रमिकले पाउन बाँकी पारिश्रमिक र कम्पनीको शर्त अनुसार दिने अन्य सेवाका लागि आउन आग्रह गरेको छ ।

 

कम्पनीका अनुसार ५७१ जना नेपाली श्रमिकले सो कम्पनीबाट तलब सुविधा लिन बाँकी रहेको थियो । दूतावासले उक्त कम्पनीबाट पाउनुपर्ने तलब तथा अन्य सुविधा लिन बाँकी रहेका नेपाली श्रमिकको सूचीसमेत सार्वजनिक गरेको छ । रियादस्थित नेपाली दूतावासका अनुसार कम्पनीका तर्फबाट नेपाली श्रमिकलाई तलब सुविधा लिन बोलाएका कारण सूचना जारी गरिएको छ ।

 

कम्पनीले सूचना जारी गरेपछि सो बारे जानकारी दूतावासको फेसबुक पेजमा पनि राखिएको छ । सम्बन्धित नेपाली श्रमिकले दूतावासले सार्वजनिक गरेको लिङ्क प्रयोग गरी यथाशीघ्र आवश्यक विवरण भरी बुझाउन सकिने व्यवस्था गरेको छ ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...