टर्कीको राजधानी इस्तानबुलमा शक्तिशाली विस्फोट हुँदा ६ जनाको मृत्यु, ८१ जना भन्दा बढी घाइते
वि.सं.२०७९ कात्तिक २८ सोमवार ०८:१०
एजेन्सीः टर्कीको राजधानी इस्तानबुलको व्यस्त सडकमा विस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ । सो विस्फोटमा परी ८१ जना भन्दा बढी घाइते भएका स्थानीय सरकारले जनाएका छन् ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । उपराष्ट्रपति फुआत ओक्तेले विस्फोटलाई एक महिलाले गराएको आतंकवादी हमला भएको अनुमान गरिएको बताए । इस्तानबुलमा एक पत्रकार सम्मेलनमा उनले आक्रमणको निन्दा गर्दै हमलामा ‘आतंकको गन्ध’ आएको बताए ।
न्याय मन्त्री बेकिर बोजडागले विस्फोट हुनुभन्दा केही मिनेटअघि एउटी महिला ४० मिनेटभन्दा बढी समयसम्म विस्फोट क्षेत्रमा रहेका बताए । राष्ट्रपति रेसेप तैयप एर्दोगानले दोषीलाई कारबाही गरिने बताएका छन् ।
वि.सं.२०७९ कात्तिक २८ सोमवार ०८:१०