कानुन विपरीत निर्माण गरिएको भारतको नोयडाका ट्वीन टावर भत्काईयो
वि.सं.२०७९ भदौ १२ आइतवार १६:०९
काठमाडौं: भारतको नोयडामा कानुन विपरीत निर्माण गरिएका दुईवटा टावर (अग्ला भवन) सुरक्षित रुपमा भत्काइएको छ ।
सुपरटेक बिल्डरले निर्माण गरेका यी टावर एपेक्स र केयन नामबाट चिनिएका थिए । टावर भत्काउन ३ हजार ७ सय किलो विस्फोटक पदार्थ प्रयोग गरिएको छ ।
भवन भत्केपछि धुलो उड्ने भएकाले आसपासका ठाउँ खालि गरिएको थियो भने आसपासको सडक पनि बन्द गरिएको थियो ।
सुपरटेकले भवन आचारसंहिताको गम्भीर उल्लंघन गरेको भन्दै भारतको सर्वोच्च अदालतले टावर भत्काउन आदेश दिएको थियो । भवन भत्काउन र भत्काएपछिको सफाइमा लाग्ने सबै खर्च कम्पनीले व्यहोरेको छ ।
वि.सं.२०७९ भदौ १२ आइतवार १६:०९