अमेरिकाको टेक्सासमा लरीभित्र ४२ जना मृत भेटिए
वि.सं.२०७९ असार १४ मंगलवार ०९:१८
2.8K
shares
काठमाडौं : अमेरिकाको टेक्सासमा लरीभित्र ४२ जना व्यक्ति मृत फेला परेको घटना बाहिर आएको छ ।
टेक्सासको सान एन्टोनियोको बाहिरी क्षेत्रमा एक लरीमा कम्तीमा ४२ जना व्यक्ति मृत फेला परेको बीबीसीले जनाएको हो। लरीमा रहेकामध्ये घाइते १६ जनालाई अस्पताल लगिएको छ।
मृतकहरू आप्रवासी हुन्। तर, कुन देशका हुन् भन्ने बारेमा नखुलेको न्यूयोर्क टाइम्सेले जनाएको छ।
गाडी सान एन्टोनियोको दक्षिणपश्चिमी भागमा रेल ट्रयाकको छेउमा फेला परेको थियो। गाडी फेला परेको क्षेत्र अमेरिका–मेक्सिको सिमानाबाट २५० किलोमिटरमा पर्छ।
सान एन्टोनियोको प्रहरीले शव गाडीका चालकलाई खोजिरहेको छ।
वि.सं.२०७९ असार १४ मंगलवार ०९:१८



















