YouTube Link

अफगानिस्तानलाई पाकिस्तानले गर्यो मानवीय सहयोगको घोषणा

Facebook Link

 

एजेन्सीः पाकिस्तान सरकारले अफगानिस्तानलाई २ करोड ८० लाख डलर बराबरको मानवीय सहयोगको घोषणा गरेको छ ।

 

प्रधानमन्त्री इमरान खानले सेना प्रमुख क्वामर जाभेद वाजवा, मन्त्रीहरु, राष्ट्रिय सुरक्षा सल्लाहकार लगायत सरकारका उच्च पदस्थ अधिकारीहरुसँगको भेटपछि अफगानिस्तानलाई मानवीय सहयोगको घोषणा गरेका हुन् ।

 

‘प्रधानमन्त्री खानले २ करोड ८० लाख डलर बराबरको मानवीय सहायताका सामग्री तत्काल अफगानिस्तानमा ढुवानी गर्न निर्देशन दिएका छन्,’ सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

 

पाकिस्तानले ५० हजार मेट्रिक टन गहुँ, आपतकालीन मेडिकल उपकरण र जाडोमा प्रयोग हुने कम्मल लगायतका सामग्री अफगानिस्तानमा पठाउन लागेको हो ।

 

पछिल्लो समयमा पाकिस्तान सरकारले आफ्नो देशबाट अफगानिस्तान निर्यात हुने निश्चित सामाग्रीको शुल्क समेत घटाएको छ । भारतले मानवीय सहायतास्वरुप अफगानिस्तान पठाएको ५० हजार मेट्रिक टन गहुँ ढुवानीका लागि अनुमति दिने पनि पाकिस्तानले जनाएको छ ।

 

भारत सरकारले यही ११ नोभेम्बरमा सो सहयोगको घोषणा गरेको थियो । अफगानिस्तानमा सामान ढुवानीमा पाकिस्तानी पक्षबाट अवरोध भएको भारतीय विदेश मन्त्रालयलले गुनासो गरेको थियो ।

 

गत १५ अगस्टमा तालिवानले सत्ता कब्जा गरेपछि उपचार गर्न आएका केही अफगानी भारतमा बिचल्लीमा छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...