यमनको विमानस्थलमा प्रधानमन्त्री र मन्त्रिपरिषद सदस्यहरूलाई लक्षित गरी आक्रमण, २२ जनाको मृत्यु
वि.सं.२०७७ पुस १६ बिहीवार ०८:२३
1.6K
shares
एजेन्सीः यमनको एडन विमानस्थलमा प्रधानमन्त्री र मन्त्रिपरिषद सदस्यहरूलाई लक्षित गरी भएको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ ।
यमनको दक्षिणी शहर अदनस्थित विमानस्थल नजिकै भएको विष्फोटमा परि कम्तिमा २२ जनाको मृत्यु भएको छ, ५० भन्दा बढी घाइते भएका छन् ।
सुरक्षा अधिकारीहरुका आुसार नयाँ सरकारका सदस्यहरु लिएर साउदी अरवबाट आएको विमान जव विमानस्थलमा अवतरण भयो त्यतिबेलै ठूलो आवाजसहितको विष्फोट भएको हो ।
विष्फोटमा मारिने मानिसहरु विमानस्थलका सहायक कर्मचारीदेखि अधिकृतसम्म थिए । प्रधानमन्त्री अब्दुल मल्लिक सइदले भनेका छन् कि उनी र उनका मन्त्रिमण्डल सुरक्षित छ ।
सूचनामन्त्रीले यो आक्रमणको जिम्मेदार हुती बिद्रोही समूह भएको भन्दै यसलाई कायरतापूर्ण चरमपन्थी आक्रमण गरेका छन् ।
सूचनामन्त्री इरियानीले ट्वीट गरेका छन्, ‘हामी सबैलाई यो निश्चित बनाउन चाहन्छौं कि सबै मन्त्रिपरिषद सदस्य सुरक्षित हुनुहुन्छ र विमानस्थलमा इरान समर्थित हूती बिद्रोहीको चरमपन्थी हमलाले हाम्रो जिम्मेबारीमा कुनै आँच आउने छैन । हाम्रा जीवन अन्य यमनीको तुलनामा अधिक मूल्यावान हुने छैन ।’
नयाँ मन्त्रीहरुको स्वागतका लागि विमानस्थलमा ठूलो भीड जम्मा भएको थियो । विष्फोटको आवाजसहितको मुस्लो आएसँगै सबै तितरवितर भए । केहि समयपछि त्यहाँ गोली चलेको आवान पनि सुनिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
यमनको समाचार वेवसाइट अल मसदरका अनुसार विष्फोटमा परि श्रम मन्त्रालयका एकजना सहसचिवको मृत्यु भएको छ । युवा तथा खेलकुद मन्त्रालयका उपमन्त्री मोनेर अल वजिह, यातायात उपमन्त्री नसिर सरिफ लगायतका मानिसहरु घाइते भएका छन् ।
प्रधानमन्त्री र मन्त्रिपरिषद सदस्यलाई विशेष सुरक्षा घेरामा राखिएको थियो र सुरक्षित बाहिर निकालिएको थियो ।
हेर्नुहोस् बीबीसीको यो भिडियो
वि.सं.२०७७ पुस १६ बिहीवार ०८:२३



















