कोरोना माहामारीका कारण विश्वभर तीन लाख बढीको मृत्यु, सबैभन्दा बढी अमेरिकामा, ४७ लाख २० हजारभन्दा बढी संक्रमित
वि.सं.२०७७ जेठ ४ आइतवार ०९:२१
1.2K
shares
काठमाडौं: विश्वभर कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ३ लाख १३ हजार २ सय २० पुगेको छ । ४७ लाख २० हजारभन्दा बढी संक्रमित मध्ये करिब १८ लाख १० हजार उपचार पछि निको भएका छन् । ४४ हजार ८ सय ४० जना संक्रमितको स्वास्थ्य गम्भीर छ भने बाँकीको अवस्था मध्यम रहेको छ ।
पछिल्लो तथ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण ८९ हजार ५ सय ४० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १५ लाख ६ हजार नाघेको छ । बेलायतमा २ लाख ४० हजार संक्रमित मध्ये ३४ हजार ४ सय बढीको मृत्यु भएको छ । इटालीमा २ लाख २४ हजार ७ सय बढी संक्रमित र ३१ लाख ७ सय बढीको मृत्यु भएको छ । फ्रान्समा १ लाख ७९ हजार बढी संक्रमित हुंदा मृत्यु हुनेको संख्या २७ हजार ६ सय नाघेको छ ।
यस्तै स्पेनमा २ लाख ७६ हजार कोरोना संक्रमित मध्ये २७ हजार ५ सय बढीको मृत्यु भएको छ । ब्राजिलमा २ लाख ३३ हजार बढी संक्रमित हुंदा १५ हजार ६ सय बढीको मृत्यु भएको छ । उता जर्मनीमा १ लाख ७६ हजार बढी संक्रमित र ८ हजार बढीको मृत्यु भएको छ ।
चीनमा ८२ हजार ९ सय बढी कोरोना संक्रमित हुंदा मृत्यु हुनेको संख्या ४ हजार ६ सय ३३ पुगेको छ । रसियामा २ लाख ७२ हजार बढी कोरोना संक्रमितमा मृत्यु हुनेको संख्या २ हजार ५ सय नाघेको छ । यसैगरी भारतमा ९० हजार ६ सय बढी कोरोना संक्रमितमा २ हजार ८ सय ७१ जनाको मृत्यु भएको छ ।
वि.सं.२०७७ जेठ ४ आइतवार ०९:२१




















