अमेरिकामा कोरोना संक्रमितको संख्या १० लाख नाघ्यो, भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ सय ३७ पुग्यो
वि.सं.२०७७ वैशाख १७ बुधवार ०९:०४
1.3K
shares
काठमाडौं: अमेरिकामा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १० लाख नाघेको छ । हालसम्म अमेरिकामा १० लाख ३५ हजार भन्दा धेरैमा कोरोना संक्रमण देखिसकेको छ । विश्वभर कोरोना संक्रमितको संख्या ३१ लाख ३८ हजारभन्दा बढी छ । हाल अमेरिकामा ८ लाख ३४ हजारभन्दा माथि कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये १५ हजारको अवस्था गम्भीर रहेको छ ।
कोरोनाका कारण विश्वभर महामारीका रुपमा फैलिएको कोरोना संक्रमणका कारण २ लाख १७ हजार ९ सय ८३ को ज्यान गइसकेको छ । कोरोनाले सबैभन्दा धेरै अमेरिकामा ५९ हजार २ सय ४६ को ज्यान गएको छ । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकमा हाल ८ लाखभन्दा धेरै कोरोना संक्रमित रहे पनि यो संख्या चाँडै शून्यमा झार्ने बताएका बीबीसीले जनाएको छ ।
भारतमा ९३७ को मृत्यु
यसैबीच छिमेकी मुलुक भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ९ सय ३७ पुगेको छ । संक्रमितको संख्या २९ हजार ९ सय ७४ पुगेको बीबीसीले जनाएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित मध्ये ७ हजार २७ जना उपचारपछि घर फर्किसकेका छन् । भारतमा सबैभन्दा धेरै महाराष्ट्रमा कोरोनाको संक्रमण देखिएको छ ।
वि.सं.२०७७ वैशाख १७ बुधवार ०९:०४



















