YouTube Link

कोरोना भाइरसको महामारीबाट दुई लाख छ हजारभन्दा बढीको मृत्यु, करिव ३० लाख नजिक संक्रमित

Facebook Link

काठमाडौं: विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको महामारीबाट २ लाख ६ हजारभन्दा बढीको मृत्यु भएको छ भने करिव ३० लाख नजिक मानिस संक्रमित भएका छन् । विश्वका २ सय १० मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ६ हजार ९ सय ९० पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट विश्वभर ३ हजार ७ सय ५१ जनाको मृत्यु भएको छ भने ७३ हजार ८ सय ५८ जना संक्रमित भएका छन् । संक्रमित हुनेको कुल संख्या २९ लाख ९४ हजार ७ सय ६१ पुगेको छ । कोरोना भाइरसको महामारीबाट सबै भन्दाबढी बढी प्रभावित अमेरिकामा मृत्यु हुने मानिसको संख्या ५५ हजार नाघेको छ । अमेरिकामा मृत्यु हुनेको संख्या ५५ हजार ४ सय १३ पुगेको हो ।

ईटालीमा आइतबार थप २ सय ६० जनाको मृत्युभएपछि मृतकको संख्या २६ हजार ६ सय ४४ पुगेको छ । यस अघि शनिबार त्यहाँ ४ सय १५ जनाको मृत्यु भएको थियो । संक्रमितको संख्यामा भने खासै सुधार हुन सकेको छैन । शुक्रबार २ हजार ३ सय ५७ जना नयाँ संक्रमित देखिएकोमा पछिल्लो २४ घण्टामा पनि त्यहाँ २ हजार ३ सय २४ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या १ लाख ९७ हजार ६ सय ७५ पुगेको छ ।

स्पेनमा कुल संक्रमित २ लाख २६ हजार ६ सय २९ पुगेको छ । स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले २ सय ८८ जनाको मृत्यु भएको छ भने २ हजार ८ सय ७० जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ मृतक र संक्रमित दुबै कम भएको छ । यसअघि शनिबार संख्या ३ सय ७८ जनाको मृत्यु भएको थियो भने ३ हजार ९ सय ९५ जना नयाँ संक्रमित थपिएका थिए ।

फ्रान्समा कोरोना भाइरसको संक्रमणले पछिल्लो २४ घण्टामा २ सय ४२ जनाको मृत्यु भएको छ । योसँगै त्यहाँ मृतकको संख्या २२ हजार ८ सय ५६ पुगेको छ ।

बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० हजार ७ सय ३२ पुगेको छ । कोरोना भाइरसका कारण युरोपियन मुलुकहरुमा १ लाख २१ हजार ८ सय ८५ जना, उत्तर अमेरिकी मुलुकहरुमा ५९ हजार ९ सय ५५ जनाको मृत्यु भएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...