Health Ad
YouTube Link

“कोइँच उत्सव २०७६” हुँदै, चर्चित कलाकारहरुको प्रस्तुती रहने

Khanepani Dhal
Facebook Link

काठमाडौं: सुनुवार कलाकार तथा चलचित्रकर्मी समाजले राष्ट्रिय सांस्कृतिक चाड तथा किरात कोइँच सुनुवारहरुको महान् चाड “श्याँदर (उधौली) ५०७९”को अवसरमा होलिस्टिक हस्पिटल तथा रिसर्च सेन्टरको मुख्य प्रायोजकमा सुनुवार  “कोइँच उत्सव २०७६” को आयोजना गर्न लागिएको आज पत्रकार सम्मेल मार्फत जानकारी दिएको छ ।

उत्सव यहि मंसिर २१ गते ब्राईट गोर्खाको कम्पाउण्ड तथा सुनुवार सेवा समाजको केन्द्रीय भवनमा आयोजना हुने जानकारी दिएको छ । उत्सवमा कोइँच सुनुवार जातिको कला, संस्कृति, भाषा, भेषभुषा, धर्म, रहन सहन र चाडको बारेमा जानकारी गराउन उत्सवले सहयोग पुग्ने आयोजकले विश्वास लिएको छ । “कोइँच उत्सव २०७६” कार्यक्रममा सुनुवार समुदायको सांस्कृतिक झाँकीबाट सुरु हुने जनाएको छ । कार्यक्रममा विभिन्न खेलहरु पनि रहने आयोजकले जानकारी दिएको छ । उत्सव स्थलमा सुनुवार समुदायसँग तथा नेपाली संस्कृति सम्बन्धि कला र नि:शुल्क स्वास्थ्य जाँच, फेस पेन्टिङ, नेपाली मौलिक खाना, भेषभुषा, पुस्तक तथा विभिन्न सामाग्रीहरुको पनि स्टल राखिने जनाएको छ ।

कार्यक्रमको मुख्य आकर्षणको रुपमा सुनुवार समुदायका चर्चित कलाकारहरुको प्रस्तुति समेत रहने छ । जसमा नेपालकै चर्चित ब्याण्ड शिव मुखिया सुनुवार सम्मिलित “द एक्स ब्याण्ड” को प्रस्तुति रहने कार्यक्रममा गायिका पूजा सुनुवार, गायक महेश मुखिया सुनुवार, गायिका कल्पना सुनुवार, गायिका पुष्पा सुनुवार, हिपप आर्टिष्ट कोइँच जि, पियानो बादक उपेन्द्र लाल सिंह, नृत्यमा बृहशमान सुनुवार, पूजा सुनुवार लगायतका थुप्रै कलाकारहरुको आ-आफ्नो प्रस्तुति रहने आयोजकले जनाएको छ ।

उत्सवको मुख्य प्रायोजकमा होलिस्टिक हस्पिटल तथा रिसर्च सेन्टर रहेको छ भने सह-प्रायोजकमा होलिस्टिक हेल्थ, गोर्खा डेस्टिनि ट्रेनिङ सेन्टर, हिमालयन बिड्स प्रा.लि., किङ गोर्खा ट्रेनिङ सेन्टर, एट नोट म्यूजिक स्कुल रहेको छ । हस्पिटालिटी पार्टनरमा सुनुवार विद्यार्थी समाज, संघीय समिति तथा माउल्डिङ माइण्डस् मोन्टेश्वरी र भ्येन्यु पार्टनरमा ब्राईट गोर्खा ट्रेनिङ सेन्टर तथा सुनुवार सेवा समाज संघीय समिति रहेको छ । मिडिया पार्टनरमा ईन्डिजिनियस टेलिभिजन, सुनुवार डट ओआरजी, अखबार नेपाल डटकम, अखबार टाईम्स साप्ताहिक, अगुल्टो साप्ताहिक, साथी डट न्यूज रहेको प्रेस विज्ञप्ति मार्फत जानकारी गराईएको छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
१६ दिनदेखि सरकारी शिक्षकहरु सडकमै

१६ दिनदेखि सरकारी शिक्षकहरु सडकमै

वि.सं.२०८२ वैशाख ४ बिहीवार ११:०८

काठमाडौं: शिक्षकहरूले १६ औँ दिन पनि सडक आन्दोलनलाई निरन्तरता दिने...

७५ जना नेपाल प्रहरीका सई वरिष्ठ सईमा बढुवा

७५ जना नेपाल प्रहरीका सई वरिष्ठ सईमा बढुवा

वि.सं.२०८२ वैशाख ४ बिहीवार १०:५४

काठमाडौं: नेपाल प्रहरीका ७५ प्रहरी नायव निरीक्षक (सई) वरिष्ठ सईमा...

शिक्षकहरूलाई विद्यालय फर्किन मन्त्रिपरिषद्को आग्रह

शिक्षकहरूलाई विद्यालय फर्किन मन्त्रिपरिषद्को आग्रह

वि.सं.२०८२ वैशाख ३ बुधवार ०९:३२

काठमाडौं: विद्यालय शिक्षा विधेयक छिटोभन्दा छिटो पारित गर्ने प्रतिबद्धता जनाउँदै...

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

वि.सं.२०८२ वैशाख २ मंगलवार १७:१४

काठमाडौं: सिक्किम एमेचर उसु संघको आयोजना हुन लागेको उसु प्रो...

सुनको मूल्यमा आज अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड

सुनको मूल्यमा आज अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड

वि.सं.२०८१ चैत ३१ आइतवार ११:१३

काठमाडौं: दुई दिनमा ९ हजार ६ सय रुपैयाँ बढेको सुनको...

शिक्षक महासंघ र सरकारबीच सहमतिको प्रयास जारी

शिक्षक महासंघ र सरकारबीच सहमतिको प्रयास जारी

वि.सं.२०८१ चैत ३१ आइतवार १०:५५

काठमाडौं: शिक्षक-कर्मचारीमैत्री शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल...