YouTube Link

जापानमा रोजगारीका लागि पहिलो चरणमा नेपाली श्रमिक जान नपाउने, छनोट सीप परीक्षामा सबै अनुत्तीर्ण

Khanepani Dhal
Facebook Link

काठमाडौं: वैदेशिक रोजगारीका लागि आकर्षण गन्तव्य मानिएको जापानमा पहिलो चरणमा नेपाली श्रमिक जान नपाउने भएका छन् । पहिलो चरणमा जापान फाउन्डेसनले लिएको नर्सिङ केयरगिभरको सीप परीक्षामा सबै अनुत्तीर्ण भएपछि जान नपाउने भएका हुन ।

भाषा परीक्षामा भने एक जना पास भएका छन् । भाषा परीक्षामा १३ हजार नेपालीले आवेदन दिएका थिए भने ‘लक्की ड्र’मार्फत एक हजार जना छनोटमा परेका थिए । तीमध्ये पहिलो चरणको सामान्य भाषा परीक्षामा ५ सय ९ जना छनोटमा ४ सय ९७ जना परीक्षामा सहभागी भएका थिए । जसमा ५६ जना मात्र उत्तीर्ण भए । उत्तीर्ण भएकामध्ये पहिलो चरणमा नर्सिङ भाषा परीक्षामा १२ जना र सीप परीक्षणमा १५ जना सहभागी भएका थिए तर भाषा परीक्षामा एक जना मात्र उत्तीर्ण भए भने सीप परीक्षामा सबै असफल भएका थिए ।

जापान सरकार र नेपाल सरकारबीच गएको चैत ११ गते जापानी नागरिक सरहको सेवा सुविधा दिएर जापान नेपाली श्रमिक आपूर्तिबारे ‘सहकार्यको समझदारी’मा हस्ताक्षर भएको थियो । जापानले नेपाल, चीन, इन्डोनेसिया लगायतका नौ देशका युवा श्रमिकलाई रोजगारको अवसर दिने गरी सुरु गरेको थियो । दुई देशबीच भएको समझदारीअनुसार भाषा र सीप दुवैमा उत्तीर्ण भएपछि मात्र जापान जान सकिन्छ तर सीप परीक्षामा पहिलो चरणमा सहभागी भएकामध्ये एक जना पनि उत्तीर्ण नभएपछि जापान जाने प्रक्रियामाथि नै प्रश्नचिह्न खडा भएको छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
समुह चरणको अन्तिम खेलमा नेपाल र भारत भिड्दै

समुह चरणको अन्तिम खेलमा नेपाल र भारत भिड्दै

वि.सं.२०८२ वैशाख ३० मंगलवार १३:४८

काठमाडौं: भारतमा जारी साफ यु-१९ च्याम्पियनसिप अन्तर्गत आज समुह चरणको...

चौथो उपत्यकाव्यापी क्वान स्तरीय खुल्ला जुनियर उसु प्रतियोगितामा इष्टपोल एकेडेमी टिम प्रथम

चौथो उपत्यकाव्यापी क्वान स्तरीय खुल्ला जुनियर उसु प्रतियोगितामा इष्टपोल एकेडेमी टिम प्रथम

वि.सं.२०८२ वैशाख ३० मंगलवार १३:२७

काठमाडौं: जोरपाटी उसु क्वानको आयोजना तथा गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा...

‘जत्तुकु मुबा, आङीला जामे’ को नयाँ म्यूजिक भिडियो सार्वजनिक

‘जत्तुकु मुबा, आङीला जामे’ को नयाँ म्यूजिक भिडियो सार्वजनिक

वि.सं.२०८२ वैशाख २८ आइतवार १६:२२

काठमाडौं: तामाङ सांगीतिक इतिहासमा विशेष स्थान ओगटेको कालजयी गीत ‘जत्तुकु...

नेपालले पहिलो खेल श्रीलंकासँग खेल्दै

नेपालले पहिलो खेल श्रीलंकासँग खेल्दै

वि.सं.२०८२ वैशाख २८ आइतवार ११:१२

काठमाडौं: नेपालले साफ यु-१९ च्याम्पियनसिपको पहिलो खेल श्रीलंकासँग खेल्दैछ ।...

आज नीति तथा कार्यक्रम पारित हुँदै, संसदमा प्रधानमन्त्रीले जवाफ दिने

आज नीति तथा कार्यक्रम पारित हुँदै, संसदमा प्रधानमन्त्रीले जवाफ दिने

वि.सं.२०८२ वैशाख २८ आइतवार ०८:२६

काठमाडौं: प्रतिनिधिसभाको बैठकमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक...

पाकिस्तानद्वारा भारतका ११ शहरमा ड्रोन र मिसाइल आक्रमण

पाकिस्तानद्वारा भारतका ११ शहरमा ड्रोन र मिसाइल आक्रमण

वि.सं.२०८२ वैशाख २६ शुक्रवार ०९:२१

एजेन्सी: भारतीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानले लगातार दोस्रो दिन बिहीबार पनि...