YouTube Link

हट केक नायक पल र एक गायिकाको गसिप हंगामा

Facebook Link

काठमाडौं: यतिखेर नेपाली रंगमञ्चमा गसिपको विषय बन्न पुगेका छन् नायक पल शाह र एक गायिका ।

 

उनीहरुको प्रेमसम्बन्ध, रोमान्सदेखि लिएर ब्रेकअपको कुराले अहिले रंगमञ्चमा आगो ओकल्ने काम गरिरहेको  छ ।

 

गायिकाले पललाई आफूमाथि यौनदुर्व्यवहार गरेको आरोप लगाएपछि पल त्यसको प्रतिरक्षामा उत्रेका छन् ।

 

उनले आफूमाथि लगाएको आरोप निराधार रहेको भन्दै फिल्मको संवादलाई इडिटिङ गरेर आफ्ना प्रतिस्पर्धीहरुले गायिकालाई उक्साएको प्रतिकृया दिएका छन् ।

 

केही समयअघि पल र गायिकाको प्रेम सम्बन्धको विषयमा प्रहरीसम्म पुगेको खबर केही संचारमाध्यमले प्रकाशित गरेको थियो ।

 

गायिकाले आफूलाई पलले धोका दिएको आशयसहित सामाजिक संजालमा स्ट्याटस लेखेका थिए । त्यो विषय त्यतिखेर गायिकाले कुरा मोडेपछि त्यसै सेलाएको थियो ।

 

पछि फेरी गायिकाले आफूलाई पलले पहिलो भेटमै प्रेम गर्ने बताएको र पछि सबै कुरा पूरा भएपछि आफूलाई पन्छाउन खाजेको आरोपसहतिको अडियो सार्वजनिक भयो ।

 

सार्वजनिक अडियोमा पलले आफूले नराम्रो केही नगरेको बताएका छन् । उनले भनेका छन्- “यति सानो कुरामा यति ठूलो कदम लिनुपर्छ जस्तो मलाई लाग्दैन । पेटमा बच्चा भएको भए अर्कै कुरा हुन्थ्यो । विवाह गर्नैपर्छ स्विकार्नुपर्छ भन्न मिल्थ्यो ।”

 

अडियोमा पलले गायिकालाई कानुनी बाटोमा नजान तथा यो घटना बाहिर नल्याउन आग्रह गरेको सुनिन्छ । उनले यसले दुवैको करिअर र परिवारलाई पनि असर गर्ने भन्दै गायिकालाई त्यसो नगर्न भनेका छन् । गायिकाले भने ती कुरा पहिले नै विचार पुर्‍याउनुपर्ने बताएकी छन् ।

 

त्यस्तै अर्को अडियोमा गायिकाले पलसँग पहिलो भेट डेढ वर्षअघि गीत छायांकनको क्रममा भएको बताएकी छन् । उनले भनेकी छिन्- “पहिले त्यो मान्छे त्यति मन पर्दैनथ्यो। मैले दाइ भन्थेँ । ऊ चाहिँ धेरै बोल्न खोज्थ्यो । केयर गर्थ्यो ।”

 

बढी नै ख्याल राख्न थालेपछि आफूलाई पनि मन पर्न थालेको उनले बताएकी छन् । “एक वर्षपछि मेरो गर्लफ्रेण्ड छे । जे-जे भयो त्यो सबै भुलिदेऊ भन्यो” समीक्षाले भनेकी छिन- “मैले परिवारलाई भनेँ। त्यसपछि पुलिसमा केस हाल्ने कुरा उठ्यो ।”

 

प्रहरीमा जाने कुरा भएपछि पलले दुई वर्षपछि बिहे गर्ने मौखिक सम्झौता भएको उनले बताएकी छन् ।

 

मिडियामा समाचार आउन थालेपछि पलले हामीले एक अर्कालाई बचाउनुपर्छ भन्दै स्टाटस लेखेर पठाएको र सोही स्टाटस गायिकाले फेसबुकमा हालेको बताएकी छन् ।

 

दुवैले समाचारको खण्डन गरेपछि दर्शकमा पल र गायिकाबीच केही छैन भन्ने परेपछि पलको रवाफ फेरि फेरिएको उनले बताएकी छन् । उनले भनेकी छिन्- “एक महिनाअघि सबैलाई यिनीहरूबीच केही छैन भइसक्यो, अब तिमी आफ्नो बाटो लाग म आफ्नो बाटो लाग्छु भन्यो ।”

 

आफूले उसको कुरा नमानेपछि विभिन्न धम्की समेत आएको र विभिन्न षड्‌यन्त्र गरिएको गायिकाको आरोप छ ।

 

दुवै अडियो बाहिरिएपछि पलले मंगलबार फेसबुकमा स्टाटस लेख्दै उक्त अडियोमा सुनिने संवाद यो घटनासँग सम्बन्धित नरहेको बताएका छन् ।

 

पलले भनेका छन्- “फरक प्रसंग तथा चलचित्रमा अभिनय गर्ने क्रममा रेकर्ड गरिएका संवादलाई हाम्रो वास्तविक जीवनसँग जोड्ने प्रयासमा रहनु भएका मेरा केही पुरुष सहकर्मी (व्यावसायिक प्रतिस्पर्धी) ले निज गायिकालाई मविरुद्ध बोल्न, प्रमाण सिर्जना गर्न लगातार उकास्ने गरेको जानकारी मलाई थियो, निज निर्दोष गायिकाले मेरा पुरुष सहकर्मीहरूले उकासे बमोजिम नै गर्दै गएको भन्ने कुरा पछिल्लो मिडिया रिपोर्टले थप पुष्टि गरेको छ ।

 

साथै सञ्चारमाध्यमले एउटा पक्षबाट मात्रै समाचार लेखेको गुनासो पलले गरेका छन् । त्यस्तै गायिकाले आफ्नो चाहना भनेको पललाई उचित सजाय दिनु रहेको बताएकी छन् ।

 

हेरौ यो गसिप कहिलेसम्म टिक्ला ? हुन त रंगीन नगरीमा बेलाबेला यस्तो गसिपहरु नआउने होईनन् । कुरा उठ्दै गरेको साख गिर्ला कि भन्ने मात्र हो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

वि.सं.२०८३ भदौ १५ सोमवार १३:५४

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १२ जना...

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

वि.सं.२०८३ भदौ १५ सोमवार १२:०३

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...