YouTube Link

विशेष शो अर्थात नाटक ‘पुतलीको घर’ मञ्चन हुँदै

Facebook Link

 

 

काठमाडौं: करिब एक दशक लामो समय बन्द भएको नेपाली रंगमञ्च ‘गुरुकुल’ आजबाट सुरु हुने भएको छ ।

 

थापागाँउस्थित कौशी थिएटरसँग एक वर्षको सम्झौता पश्चात पुस ३० गतेदेखि एक वर्षका लागि गुरुकुलले कमब्याक गर्न लागेको हो ।

 

कमब्याकलाई विशेष बनाउन कौशी थिएटरमा चित्रकारहरुको चहलपहल छ । विहान १० बजेदेखि १ बजेसम्म त्यही बसेर क्यानभास रंग्याउदै छन् ।

 

चित्रकलाको चहलपह सकेसँगै दिउँसो २ बजेदेखि कविता वाचन कार्यक्रम राखिएको छ भने ३ बजेदेखि उद्घाटन कार्यक्रम छ ।

 

उद्घाटन कार्यक्रमपछि ४:३० बजेदेखि गुरुकुलको विशेष शो अर्थात नाटक ‘पुतलीको घर’ मञ्चन हुँदैछ ।

 

गुरुकुलको कमब्याकको रुपमा आज विशेष शो मात्रै हुनेछ भने भोलीदेखि सोमबार बाहेक हरेक दिन दिउँसोको ४:३० बजे कौशीमा माघ २२ गतेसम्म नियमित मञ्चन हुँदैछ ।

 

शनिबार दिउँसोको १ बजे पनि गरेर दुई शो मञ्चन हुनेछ ।

 

हेनरिक इब्सनको नाटक ‘अ डल्स हाउस’ को नेपाली अनुवाद तथा निर्देशन सुनील पोखरेलले गरेका हुन् ।

 

नाटकमा पुरानै कलाकार टिम निशा शर्मा, मणि नेपाल, शेखर चापागाईं, राजकुमार पुडासैनी र अन्जु देउजाको अभिनय हेर्न सकिन्छ ।

 

नाटकको सुरुका चारदिन भने नेपालको पात्र सुनील पोखरेलले निभाउँदै छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

वि.सं.२०८३ भदौ १० बुधवार १६:१४

काठमाडौं: रसुवामा आएको भीषण बाढीपछि रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...