YouTube Link

कोरोनाका कारण ७०औं मिस वर्ल्डको फाइनल प्रभावित, सबै प्रतियोगी क्वारेन्टाइनमा

World Cup 2026
Facebook Link

 

एजेन्सी: कोरोना महामारीका कारण प्रतियोगी नै संक्रमित भएपछि ७०औं मिस वर्ल्डको फाइनल प्रभावित भएको छ ।

 

शुक्रबार बिहान हुने भनिएको फाइनल तीन महिनाको लागि सरेको छ ।

 

मिस इन्डोनेसिया र मिस मलेसियामा कोरोना संक्रमण देखिएपछि यतिवेला सबै प्रतियोगी तथा कर्मचारी क्वारेन्टाइनमा बसेको मिस वर्ल्डको फेसबुक पेजमार्फत जानकारी गराइएको छ ।

 

कोरोनाका कारण गत वर्ष मिस वर्ल्ड प्रतियोगिता नै हुन सकेको थिएन । यो वर्ष पनि अन्तिम दिन कोरोनाकै कारण प्रतियोगिता स्थगित हुन पुगेको हो ।

 

पोर्टो रिकोको राजधानी सान ह्वानमा भइरहेको प्रतियोगितामा नेपालका तर्फबाट मिस नेपाल २०२० नम्रता श्रेष्ठले भाग लिएकी छिन् ।

 

उत्कृष्ट ३० छनोट भइसकेको प्रतियोगिताको विजेता शुक्रबार छनोट गर्ने कार्यक्रम रहेको थियो ।

 

९७ देशले सहभागिता जनाएको प्रतियोगितामा मिस नेपाल नम्रता श्रेष्ठ उत्कृष्ट ३० मा पर्न सफल भएकी छिन् ।

 

हेड टु हेड राउन्डको विजेता हुँदै नेपाललाई प्रतिनिधित्व गरेकी मिस नेपाल नम्रता श्रेष्ठ उत्कृष्ट ३० मा पर्न सफल भएकी हुन् ।

 

साथै उनी ब्युटी विद अ पर्पोसमा पनि उत्कृष्ट १० मा पर्न सफल भएकी थिइन् ।

 

बेलायती एरिक मार्लेको अवधारणामा सन् १९५१ देखि सुरु भएको यो प्रतियोगिता विश्वकै सबैभन्दा पुरानो र प्रतिष्ठित सुन्दरी प्रतियोगिता हो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...