मर्जरपछि ग्लोबल आईएमई बन्यो नेपालकै सबैभन्दा ठूलो बैंक
वि.सं.२०७६ मंसिर २० शुक्रवार १५:३१
1K
sharesकाठमाडौं: ‘क’ वर्गको दुई वाणिज्य बैंक ग्लोबल आईएमई बैंक र जनता बैंक एक आपसमा मर्जर भएका छन् । नेपाल सरकार र राष्ट्र बैंकको नीति अनुरुप मर्जरमा ग्लोबल आईएमई बैंक पहिलो बैंक बनेको छ । शुक्रबार राजधानीमा एक समारोहको आयोजना गर्दै बैंकले एकीकृत कारोबार शुरु भएको घोषणा गरेको हो ।
अर्थमन्त्री डा. युवराज खतिवडाले ग्लोबल आईएमई बैंकको एकीकृत कारोबार औपचारिक रुपमा उद्घाटन गरेका छन् । मर्जर पछि ग्लोबल आईएमई नेपालको सबैभन्दा ठूलो बैंक समेत बनेको छ । मर्जरपछि बैंकको चुक्तापुँजी २० अर्ब माथि पुगेको छ ।
मर्जरपछि बैंकको शाखा कार्यालय तीन सय माथि पुगेको छ भने, बैंकका एटीएम २ सय ५६, शाखारहित बैंकिङ सेवा २ सय ४१, ३३ एक्सटेन्सन र बैंकका कर्मचारी ३ हजार २ सय ५० भन्दा बढी पुगेको । बैंकको सेयर सदस्य तीन लाख माथि रहेको बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाकारी दिएका छन् ।
राष्ट्र बैंकको नीति अनुरुप ग्लोबल र जनता बैंकबीच मर्जरका लागि गत असार २० गते सहमतिपत्र(एमओयु)मा हस्ताक्षर भएको थियो ।
वि.सं.२०७६ मंसिर २० शुक्रवार १५:३१