Health Ad
YouTube Link

सुवास नेम्वाङलाई सभामुख बनाउन अध्यक्षद्वय सकारात्मक

Khanepani Dhal
Facebook Link

काठमाडौं: नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङलाई सभामुख बनाउन पार्टीका अध्यक्षद्वय सकारात्मक भएका छन् । अध्यक्षद्वयबीच कार्यविभाजन र मन्त्री हेरफेरकै समय दुईजनाबीच सभामुखको बारेमा पनि लगभग सहमति भएको स्रोतको दावी छ ।

प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्माओलीले आफू अनुकूल सभामुख बनाउने अडान पार्टीमा लिएका थिए । तर तत्कालिन माओवादीको तर्फबाट सभामुख बनेको कारण सोही पक्षबाट पुनः बन्नुपर्ने अडान अध्यक्ष प्रचण्ड पक्षको थियो । संसद सचिवालयका महिला कर्मचारीलाई दुर्व्यवहार गरेको आरोपमा सभामुख पदबाट मुक्त भएका कृष्णबहादुर महरा तत्कालिन माओवादीबाट सभामुख बनेका थिए ।

तत्कालिन माओवादी पक्षका नेताहरुले सभामुखमा दावी गरिरहेका छन् । त्यसमा देव गुरुङ, अग्नी सापकोटा, हरिबोल गजुरेल, पम्फा भुसाल, ओन्सारी घर्तिमगर लगायतले सभामुखका लागि दाबेदारी पेश गर्दै आएका छन् ।

केही समय पहिला दुई अध्यक्षबीच भएको कुराकानीमा अध्यक्ष प्रचण्डले सुवास नेम्वाङ सभामुखका लागि तयार भए आफू त्यस विषयमा सोच्न सक्ने संकेत गरेपछि दुबै नेता नेम्वाङप्रति लचक भएका हुन् । तर नेम्वाङले एउटा सार्वजनिक कार्यक्रममा आफू सभामुख बन्न नचाहेको बताउँदै आएका छन् ।

प्रधानमन्त्री ओली स्वास्थ्य उपचार गराएर सरकारी निवास फर्किसकेका छन् । यस विषयमा अध्यक्ष प्रचण्डले चाँडै नै उनीसँग कुरा गरेर सभामुखको विषयलाई अन्तिम रुप दिने बताइएको छ । नेम्वाङ सभामुख पदका लागि तयार भए प्रचण्डले पनि उनकै नाममा सहमति जनाई दिने लगभग पक्का भइसकेको नेकपाका स्रोतले बताएको छ ।

अध्यक्ष प्रचण्डले यस विषयमा नेताहरु भेटेर कुराकानी गर्दै आएका छन् । उनले आफ्ना पक्षका नेताहरुको साथै तत्कालिन एमालेका नेताहरुसँग पनि सभामुखको विषयमा छलफल गरेका छन् । सबैको मनको कुरा बुझेपछि उनले प्रधानमन्त्री ओलीसँग छलफल गरेर त्यसलाई अन्तिम रुपम दिने स्रोतले जनाएको छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
१६ दिनदेखि सरकारी शिक्षकहरु सडकमै

१६ दिनदेखि सरकारी शिक्षकहरु सडकमै

वि.सं.२०८२ वैशाख ४ बिहीवार ११:०८

काठमाडौं: शिक्षकहरूले १६ औँ दिन पनि सडक आन्दोलनलाई निरन्तरता दिने...

७५ जना नेपाल प्रहरीका सई वरिष्ठ सईमा बढुवा

७५ जना नेपाल प्रहरीका सई वरिष्ठ सईमा बढुवा

वि.सं.२०८२ वैशाख ४ बिहीवार १०:५४

काठमाडौं: नेपाल प्रहरीका ७५ प्रहरी नायव निरीक्षक (सई) वरिष्ठ सईमा...

शिक्षकहरूलाई विद्यालय फर्किन मन्त्रिपरिषद्को आग्रह

शिक्षकहरूलाई विद्यालय फर्किन मन्त्रिपरिषद्को आग्रह

वि.सं.२०८२ वैशाख ३ बुधवार ०९:३२

काठमाडौं: विद्यालय शिक्षा विधेयक छिटोभन्दा छिटो पारित गर्ने प्रतिबद्धता जनाउँदै...

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

वि.सं.२०८२ वैशाख २ मंगलवार १७:१४

काठमाडौं: सिक्किम एमेचर उसु संघको आयोजना हुन लागेको उसु प्रो...

सुनको मूल्यमा आज अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड

सुनको मूल्यमा आज अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड

वि.सं.२०८१ चैत ३१ आइतवार ११:१३

काठमाडौं: दुई दिनमा ९ हजार ६ सय रुपैयाँ बढेको सुनको...

शिक्षक महासंघ र सरकारबीच सहमतिको प्रयास जारी

शिक्षक महासंघ र सरकारबीच सहमतिको प्रयास जारी

वि.सं.२०८१ चैत ३१ आइतवार १०:५५

काठमाडौं: शिक्षक-कर्मचारीमैत्री शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल...