YouTube Link

फिलिपिन्समा कामुरी आँधीमा परी ११ जनाको मृत्यु, हजारौँको संख्यामा स्थानीयबासी विस्थापित

Facebook Link

एजेन्सी: फिलिपिन्समा कामुरी आँधीका कारण कम्तीमा ११ जनाको मृत्यु भएको छ । गत सोमबार शुरु भएको ‘कामुरी’ नामको सो आँधीबाट हजारौँको संख्यामा स्थानीयबासी विस्थापित भएका छन् ।

यो शक्तिशाली आँधीबाट राजधानी मनिलामा हुन लागेको दक्षिण पूर्वी एसियाली खेलकूदको आयोजनामा पनि असर परेको छ । अधिकारीहरुले सो क्षेत्रबाट कैयौँ व्यक्तिलाई उद्धार गरी अन्यत्रै सारेका छन् । गत १२ घण्टाभित्र निनोय अक्वीनो अन्तर्राष्ट्रिय विमानस्थलमा ३ सय २९ आन्तरिक उडान र १ सय ९२ अन्तर्राष्ट्रिय उडान बुधबार बिहान ११ बजेसम्म रद्द गरिएको छ ।

फिलिपिन्समा हरेक वर्ष शक्तिशाली आँधी आउने गर्दछ । यहाँ बर्सेनि साना ठूला गरी २० ओटा जति आँधी आउने गरेका छन् । त्यसैले यस समयमा यहाँका सुरक्षा अधिकारीहरुले पनि व्यापक तयारी गर्ने गरेका छन् । सन् २०१३ मा आएको हायान नामक आँधीका कारण कम्तीमा पनि ७ हजार ३ सय नागरिकको मृत्यु भएको थियो । यसबाट फिलिपिन्सको इतिहासमा नै निकै ठूलो भौतिक क्षति पुगेको थियो ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
सदस्यको रोजाइमा पर्ने घरपरिवारको १२औं वार्षिक साधारणसभा

सदस्यको रोजाइमा पर्ने घरपरिवारको १२औं वार्षिक साधारणसभा

वि.सं.२०८१ असोज ४ शुक्रवार ११:५२

भक्तपुरः भक्तपुरको सूर्यविनायक नगरपालिका-४ स्थित घरपरिवार बचत तथा ऋण सहकारी...

हेर्नुहोस् आज २०८१ असोज ४ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ असोज ४ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ असोज ४ शुक्रवार ०६:५१

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

युवा पुस्तासँग भएको ऊर्जा, हुटहुटी र सपनाको सही उपयोग हुनुपर्छ: प्रधानमन्त्री केपी शर्मा ओली

युवा पुस्तासँग भएको ऊर्जा, हुटहुटी र सपनाको सही उपयोग हुनुपर्छ: प्रधानमन्त्री केपी शर्मा ओली

वि.सं.२०८१ असोज ३ बिहीवार १५:०८

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सबै...

आजदेखि धरहरा अस्थायी रुपमा सञ्चालन, निःशुल्क चढ्न पाइने

आजदेखि धरहरा अस्थायी रुपमा सञ्चालन, निःशुल्क चढ्न पाइने

वि.सं.२०८१ असोज ३ बिहीवार ११:१८

काठमाडौं: संविधान दिवसका अवसरमा आजबाट धरहरा अस्थायी रुपमा सञ्चालनमा आउने...

बिहीबारदेखि सर्वसाधारणको लागि धरहरा खुला गरिदै

बिहीबारदेखि सर्वसाधारणको लागि धरहरा खुला गरिदै

वि.सं.२०८१ असोज २ बुधवार १६:३२

काठमाडौं: संविधान दिवसको अवसरमा बिहीबारदेखि धरहरा सर्वसाधारणको लागि खुला गरिने...

दरबारमार्गमा संविधान दिवसको अवसरमा कन्सर्ट गरिदै

दरबारमार्गमा संविधान दिवसको अवसरमा कन्सर्ट गरिदै

वि.सं.२०८१ असोज २ बुधवार १६:११

काठमाडौं: संविधान दिवसको अवसरमा दरबारमार्गमा बिहीबार ‘नेसनल डे कन्सर्ट’ गरिँदै...