YouTube Link

सदस्यको रोजाइमा पर्ने घरपरिवारको १२औं वार्षिक साधारणसभा

Facebook Link

भक्तपुरः भक्तपुरको सूर्यविनायक नगरपालिका-४ स्थित घरपरिवार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संघीय सांसद दुर्लभ थापाको प्रमुख आतिथ्य, सूर्यविनायक नगरपालिका ४ र ३ का वडा अध्यक्ष लछुराम न्यौपाने र दीपेन्द्र केसीको विशिष्ट आतिथ्य, विभिन्न सहकारी संस्था र अन्य संघ-संस्थाका प्रतिनिधिहरुको आतिथ्यमा सम्पन्न १२औं वार्षिक साधारणसभा कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष श्रीकृष्ण विष्टले गरेका थिए ।

 

प्रमुख अतिथि संघीय सांसद दुर्लभ थापा, विशिष्ट अतिथि सूर्यविनायक नगरपालिका ४ र ३ का वडा अध्यक्ष लछुराम न्यौपाने र दीपेन्द्र केसीलगायतका अतिथिहरुले सहकारीको नामै लिन गाह्रो भइरहेको अवस्थामा घरपरिवार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कारोबार लोभलाग्दो भएको बतए । उनीहरुले सूर्यविनायक नगरपालिका ३ र ४ वडाका सहकारीहरुमा कुनै किसिमको समस्या नभएकाले निर्धक्क भएर कारोबार गर्न र बेला-बेलामा आफ्नो सहकारीको कारोबारका बारेमा जानकारी लिन सदस्यहरुलाई आग्रह गरे ।

 

झण्डै २२ सय हाराहारी शेयर सदस्य रहेको घरपरिवार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नेतृत्व गरिरहेका अध्यक्ष श्रीकृष्ण विष्टले आफूहरुले सदस्य बृद्धिभन्दा पनि कारोबारको गुणस्तरीयतामा ध्यान दिएको उल्लेख गरे । सदस्यहरुको हितभन्दा एक इञ्च तल-माथि काम नगर्ने प्रतिबद्धता अध्यक्ष विष्टको थियो । सल्लाहकार वरिष्ठ पत्रकार ताराचन्द्र देवकोटाले अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याएको एउटा खम्बा सहकारी अभियानलाई विनाप्रमाण बदनाम नगर्न आग्रह गरे । राजनीतिक र व्यक्तिगत इवीका कारण सहकारीसम्बन्धी नीति निर्माण गर्नुपर्ने नेताहरुले नै सहकारी अभियानलाई बदनाम बनाएकोमा देवकोटाले आक्रोश पोखे ।

 

महिला सञ्चालक सदस्य सरिता विष्ट सिलवालले सञ्चालन गरेको १२औं वार्षिक साधारणसभामा अर्का महिला सञ्चालक सदस्य अप्सरा आचार्य देवकोटाले स्वागत मन्तव्य र सञ्चालक प्रकाश खत्रीले धन्यवाद ज्ञापन गरेको जानकारी व्यवस्थापक उद्धवराज सिलवाल खत्रीले दिएका छन् । सो अवसरमा असल बचतकर्ता लक्ष्मी खत्री र असल ऋणी रामचन्द्र पञ्च, जेष्ठ सदस्य दानबहादुर क्षेत्री, एसएलसी र प्लस टु उत्तीर्ण सदस्य र सदस्यका छोराछोरीलाई सम्मान, पुरस्कार र प्रमाणपत्रसमेत वितरण गरिएको थियो ।

 

शिक्षा दर्पण प्रि-स्कूलका साना नानीहरुको मोहक नृत्यले घरपरिवार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२औं वार्षिक साधारणसभालाई अझ रोचक बनाएको थियो भने स्कूलका प्राचार्य राजन सिलवालले नृत्यलाई मोहक बनाउन कुनै कसर बाँकी राखेका थिएनन् । स्मरणीय छ, गुणस्तरीय र सदस्य केन्द्रीत कारोबारका कारण घरपरिवार बचत तथा ऋण सहकारी संस्था लिमिटेड सूर्यविनायक नगरपालिकाका सहकारीमध्येमा सदस्यहरुको रोजाइमा पर्ने सहकारी बनेको बताइन्छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...