YouTube Link

एडीबीको सहयोगमा कोभिड-१९ प्रतिकार्य परियोजनाद्वारा देशभरका १५ स्थानीय तहसँग सहकार्य

Facebook Link

 

काठमाडौं: खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गतको साना शहरी खानेपानी आयोजनाद्वारा सञ्चालित कोरोना भाइरस ‘कोभिड-१९’ प्रतिकार्य परियोजनाले स्वास्थ्य तथा सरसफाईका क्षेत्र लगायत सचेतना, बहुउद्देश्यीय भवन निर्माण, स्वास्थ्य सामग्री वितरण लगायतका कामहरु गर्दै आएको छ ।

 

एसियाली विकास बैंक (एडीबी) को सहयोगमा सञ्चालित परियोजनाले देशभरका १५ स्थानीय तहसँगको सहकार्यमा काम गर्दै आएको परियोजनाका संयोजक हरि शर्माले बताए । स्थानीय तहमा स्वास्थ्य सचेतना, भौतिक पूर्वाधार निर्माणको कामहरु भइरहेको शर्माको भनाई छ । साना शहरी खानेपानी परियोजना सञ्चालन भइरहेका १० वटा नगरपालिका र इन्टीग्रेटेट वाटर सप्लाई गर्ने योजना अनुसार पाँच शहरहरुमा वीरगञ्ज, भरतपुर, बुटवल, नेपालगञ्ज र धनगढीसहित १५ स्थानीय तहमा जुलाई २०२१ बाट काम शुरु भएको छ ।

 

कोभिड-१९ नियन्त्रण सम्बन्धि काम गर्नेगरी सम्झौता भएको उक्त परियोजनाको समयसिमा यही डिसेम्बरमा सकिँदै छ । सम्झौता अनुसारको कार्यप्रगति तदारुकताका साथ भइरहेको परियोजनाका प्रमुख इन्जिनियर किशोर पन्थीले बताए । साना शहरी खानेपानी योजनाको सञ्चालित स्थानीयतहहरु भरतपुर, बिरगञ्ज, पोखरा महानगरपालिका, धनगढी, नेपालगञ्ज, बुटवल उपमहानगरपालिका, टिकापुर, भीमदत्त, गुर्वाकोट, विदुर, सूर्यविनायक, लालबन्दी, मेचीनगर, राप्ती नगरपालिका र बराहा क्षेत्र गाउँपालिका रहेका छन् । ती क्षेत्रका खानेपानी योजनाको काम कोरोनाका कारण अवरोध भयो भनेर एसियाली विकास बैंकको बैठकमा कुरा उठेपछि जापनिज फनबोर्ड रेजिलेन्ट एसिया एन्ड प्यासिफिक मार्फत एसियाली विकास बैंकले नियमन गर्नेगरी करिव ७२ करोड सहयोग गरेको पन्थीले जानकारी दिए ।

 

‘स्थानीय तहहरुसँगको समन्वयमा काम भइरहेको यो परियोजनाले बहुविपद् उत्थानशिल केन्द्र (बहुउद्देश्य भवन)हरु २० वटा निर्माणाधिन अवस्थामा छन’, पन्थीले भने- ‘प्रत्येक भवनमा १६ शैय्याको अक्सिजन सिलिन्डर सहित सुविधा सम्पन्न (तीन सय सक्वायर मिटरका) भवनहरु बनिरहेका छन् । ती भवनहरुलाई स्थानीय तहले बहुप्रयोजनका लागि उपयोग गर्न सक्छन ।’ परियोजनाले महिला, बालबालिका र अपांगतामैत्री २० वटा ट्याक्टरसहितको मोवाइल ट्वाइटेलहरु समुदायलाई हस्तान्तरण गरेको छ । त्यस्तै विभिन्न शहरहरुमा प्रति ठाउँ १० वटासम्म हातधुने स्टेशनहरु वितरण गरिएको पन्थीले बताए ।

 

स्वास्थ्य संस्थाहरुलाई हेल्थडेक्स सामग्री (फर्निचर, डिजिटल थर्मोमिटर, स्टेचर, ह्वील चेयर) लगायत स्वास्थ्य संस्थालाई न्युनतम आवश्यक सामग्रीहरु समेत वितरण गरिएको उनको भनाई छ । कोभिड सचेतना सम्बन्धि थप तलिमका कार्यक्रमहरु गर्नेगरी योजना बनाइएपनि बजेट अभावका कारण काम गर्न नसकेको कार्यालयले जनाएको छ । दाताले दिएको बजेट अर्थमन्त्रालयले निकाशा गरेपछि परियोजना सञ्चालनमा रहेका सबै स्थानीय तहमा सचेतनमूलक कार्यक्रमहरु गर्ने योजना रहेको छ । दाताले एक मुष्टरुपमा दिएको बजेट कटौती गरेर अर्थ मन्त्रालयले पुँजिगत कोषमा राखेको र सचेतनाका कार्यक्रमलाई रकम निकासा दिन नमान्दा बाँकी काम गर्न असहज भएको परियोजनाका अधिकारीहरुले बताएका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...