YouTube Link

एडीबीको सहयोगमा कोभिड-१९ प्रतिकार्य परियोजनाद्वारा देशभरका १५ स्थानीय तहसँग सहकार्य

World Cup 2026
Facebook Link

 

काठमाडौं: खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गतको साना शहरी खानेपानी आयोजनाद्वारा सञ्चालित कोरोना भाइरस ‘कोभिड-१९’ प्रतिकार्य परियोजनाले स्वास्थ्य तथा सरसफाईका क्षेत्र लगायत सचेतना, बहुउद्देश्यीय भवन निर्माण, स्वास्थ्य सामग्री वितरण लगायतका कामहरु गर्दै आएको छ ।

 

एसियाली विकास बैंक (एडीबी) को सहयोगमा सञ्चालित परियोजनाले देशभरका १५ स्थानीय तहसँगको सहकार्यमा काम गर्दै आएको परियोजनाका संयोजक हरि शर्माले बताए । स्थानीय तहमा स्वास्थ्य सचेतना, भौतिक पूर्वाधार निर्माणको कामहरु भइरहेको शर्माको भनाई छ । साना शहरी खानेपानी परियोजना सञ्चालन भइरहेका १० वटा नगरपालिका र इन्टीग्रेटेट वाटर सप्लाई गर्ने योजना अनुसार पाँच शहरहरुमा वीरगञ्ज, भरतपुर, बुटवल, नेपालगञ्ज र धनगढीसहित १५ स्थानीय तहमा जुलाई २०२१ बाट काम शुरु भएको छ ।

 

कोभिड-१९ नियन्त्रण सम्बन्धि काम गर्नेगरी सम्झौता भएको उक्त परियोजनाको समयसिमा यही डिसेम्बरमा सकिँदै छ । सम्झौता अनुसारको कार्यप्रगति तदारुकताका साथ भइरहेको परियोजनाका प्रमुख इन्जिनियर किशोर पन्थीले बताए । साना शहरी खानेपानी योजनाको सञ्चालित स्थानीयतहहरु भरतपुर, बिरगञ्ज, पोखरा महानगरपालिका, धनगढी, नेपालगञ्ज, बुटवल उपमहानगरपालिका, टिकापुर, भीमदत्त, गुर्वाकोट, विदुर, सूर्यविनायक, लालबन्दी, मेचीनगर, राप्ती नगरपालिका र बराहा क्षेत्र गाउँपालिका रहेका छन् । ती क्षेत्रका खानेपानी योजनाको काम कोरोनाका कारण अवरोध भयो भनेर एसियाली विकास बैंकको बैठकमा कुरा उठेपछि जापनिज फनबोर्ड रेजिलेन्ट एसिया एन्ड प्यासिफिक मार्फत एसियाली विकास बैंकले नियमन गर्नेगरी करिव ७२ करोड सहयोग गरेको पन्थीले जानकारी दिए ।

 

‘स्थानीय तहहरुसँगको समन्वयमा काम भइरहेको यो परियोजनाले बहुविपद् उत्थानशिल केन्द्र (बहुउद्देश्य भवन)हरु २० वटा निर्माणाधिन अवस्थामा छन’, पन्थीले भने- ‘प्रत्येक भवनमा १६ शैय्याको अक्सिजन सिलिन्डर सहित सुविधा सम्पन्न (तीन सय सक्वायर मिटरका) भवनहरु बनिरहेका छन् । ती भवनहरुलाई स्थानीय तहले बहुप्रयोजनका लागि उपयोग गर्न सक्छन ।’ परियोजनाले महिला, बालबालिका र अपांगतामैत्री २० वटा ट्याक्टरसहितको मोवाइल ट्वाइटेलहरु समुदायलाई हस्तान्तरण गरेको छ । त्यस्तै विभिन्न शहरहरुमा प्रति ठाउँ १० वटासम्म हातधुने स्टेशनहरु वितरण गरिएको पन्थीले बताए ।

 

स्वास्थ्य संस्थाहरुलाई हेल्थडेक्स सामग्री (फर्निचर, डिजिटल थर्मोमिटर, स्टेचर, ह्वील चेयर) लगायत स्वास्थ्य संस्थालाई न्युनतम आवश्यक सामग्रीहरु समेत वितरण गरिएको उनको भनाई छ । कोभिड सचेतना सम्बन्धि थप तलिमका कार्यक्रमहरु गर्नेगरी योजना बनाइएपनि बजेट अभावका कारण काम गर्न नसकेको कार्यालयले जनाएको छ । दाताले दिएको बजेट अर्थमन्त्रालयले निकाशा गरेपछि परियोजना सञ्चालनमा रहेका सबै स्थानीय तहमा सचेतनमूलक कार्यक्रमहरु गर्ने योजना रहेको छ । दाताले एक मुष्टरुपमा दिएको बजेट कटौती गरेर अर्थ मन्त्रालयले पुँजिगत कोषमा राखेको र सचेतनाका कार्यक्रमलाई रकम निकासा दिन नमान्दा बाँकी काम गर्न असहज भएको परियोजनाका अधिकारीहरुले बताएका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

वि.सं.२०८३ जेठ २० बुधवार १३:५१

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले...