YouTube Link

१५औं संस्करण टाटा मोटर्स जेन्इन आयलद्वारा प्रायोजित ‘नाडा अटो शो २०२३’ आयोजना हुँदै

Facebook Link

 

काठमाडौं: नाडा अटो शोमा १२० वटा स्टल सहभागी हुने भएका छन् । नाडा अटोमोबाइल्स् एसोसियसन अफ नेपालद्वारा यही भाद्र २६ देखि ३१ गते सम्म हुँदै छ ।

 

कोभिड महामारीको कारण ३ वर्षपछि नाडा अटो शो हुँदैछ । गत वर्ष नाडाकै आयोजनामा विद्युतीय अटो शो सञ्चालन गरेको थियो । प्रदर्शनीमा ठूला तथा साना गरि करिब १२० वटा स्टल र ब्लकहरु रहने उक्त प्रर्दशनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट-पुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरुको सहभागिता समेत रहने आयोजकले जानकारी गराएको छ ।

 

प्रदर्शनीमा १६ वटा ब्राण्डका चार पाङग्रे, २२ वटा ब्राण्डका दुई पाङग्रे, ७ वटा ब्राण्डका लाइट कमर्शियल भेहिकल, ९ वटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्ट–पुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरुको सहभागिता रहेने जनाईएको छ ।

 

नाडाका अध्यक्ष ध्रुव थापाले अटो शो र चार्डपर्वमा ४० प्रतिशत व्यापार हुने गरेको बताए । अहिले मन्दी जस्तै रहेको अटो बजारलाई चलायमान बनाउन सहयोग पुग्ने बताए । अटो शोमा बुकिङ भएपनि दशैं तिहारसम्म २० अर्ब कारोबार हुने थापाले बताए । नाडाले पार्किङको लागि भृकुटीमण्डप बाहिर व्यवस्था गरिएको छ । पार्किङ गरेपछि निशुल्क सटल बसको प्रयोग गरि प्रदर्शनी स्थलमा जान सकिने भएको छ ।

 

अटो शोमा सहभागी हुनेको लागि २०० रूपैयाँको टिकटको तोकिएको छ । विद्यार्थीहरूलाई भने १५० रूपैयाँ रहेको छ । सवारी साधन, पार्ट पुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको प्रदर्शनीको १५ औं संस्करण टाटा मोटर्स जेन्इन आयलद्वारा प्रायोजित ‘नाडा अटो शो २०२३’ आयोजना गरिने भएको छ ।

 

टाटा मोटर्स जेनुइन आयलद्वारा प्रायोजित नाडा अटो शो २०२३ ले बजारलाई चलायमान बनाउन मद्दत पुग्ने आयोजकको ठम्याई रहेको छ । सँगसँगै नेपाली महान चाड–पर्वहरुको पूर्वार्द्धमा आयोजना हुन गइरहेको यस प्रदर्शनीले अटो व्यवसायी, ग्राहकवर्ग, गाडी प्रेमीहरु तथा अटोमोबाइलसँग प्रत्यक्ष–अप्रत्यक्षरुपमा संलग्न सबैलाई उत्साहपूर्वक सहभागी गराउने आयोजकले विश्वास लिइएको छ ।

 

 

प्रत्येक वर्ष नाडा अटो शोमा सहभागी संस्था तथा अवलोकनकर्ताहरुको चाप बढ्दै गइरहेको सन्दर्भमा, प्रदर्शनीले सवारी साधनलाई विलासिता मात्र नभई, आम सर्वसाधारणको जिविकोपार्जनका लागि चाहिने अत्यावशक साधनको रुपमा चित्रण गर्न सहयोग पुग्ने आयोजकको विश्वास रहेको छ । प्रदर्शनीलाई बढी जानकारीमुलक, सेवामूलक र ग्राहकमुखी बनाउन अटो सम्बन्धी सेवा सुविधा दिने जस्तै वित्तीय सेवा, बिक्रिपछिका सेवा, आदिका छुट्टाछुट्टै स्टलहरु रहने छन् भने अटो सम्बन्धी जानकारी दिने म्यागेजीन तथा पत्रपत्रिकाहरुका लागि पनि एउटा छुट्टै साझा मिडिया स्टलको व्यवस्था गरिएको छ ।

 

ट्राफिक नियम तथा सडक सुरक्षा सम्बन्धी व्यापक सुसूचित गराउने उदेश्यका साथ महानगरीय ट्राफिक प्रहरी महाशाखा, काडमाडौंको सूचना–कक्ष समेत प्रदर्शनीमा रहने छ । प्रदर्शनी स्थलमा सजिलै आवागमन गर्नका लागि काठमाण्डु मल, सैनिक कल्याणकारी भवन, बसपार्क भ्यूटावर लगायतका सार्वजनिक पार्किङ्ग स्थलहरूबाट महानगर यातायातको सहयोगमा सटल बस सञ्चालन गरिने छ ।

 

एक्स्पोलाई व्यवस्थित बनाउन, प्रदर्शनी स्थलमा भिडभाड कम गर्न एवं आगन्तुकहरुको भ्रमणलाई सहज बनाउन खल्ती एप मार्फत अनलाइन टिकट खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ । भाद्र २५ गतेसम्मको अग्रिम अनलाइन टिकट खरिदमा खल्तीद्वारा २० प्रतिशत क्यास ब्याकको अफर समेत रहेको छ । ६ दिनसम्म चल्ने उक्त नाडा अटो शो २०२३ मा लगभग ७५ हजार आगन्तुकहरुले अवलोकन गर्ने विश्वास आयोजकको रहेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

वि.सं.२०८३ भदौ १७ बुधवार १४:३५

काठमाडौं: भदौ १० मा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले...

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

वि.सं.२०८३ भदौ १५ सोमवार १३:५४

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १२ जना...

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

वि.सं.२०८३ भदौ १५ सोमवार १२:०३

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...