छ हजारभन्दा बढी कित्ता संस्थापक शेयर बिक्री गर्दै सिटिजन्स बैंक
वि.सं.२०८० साउन ३० मंगलवार १२:०१
1.8K
shares
काठमाडौं: सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ६ हजार ३१७ दशमलव ८५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
बैंकले प्रतिशेयर ११५ रूपैयाँमा विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यो शेयर बिक्रीमा ल्याएको हो ।
यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा उक्त शेयर विक्री गरिने जानकारी बैंकले दिएको छ ।
वि.सं.२०८० साउन ३० मंगलवार १२:०१



















