प्रभु बैंकको पर्वत र कास्कीमा नयाँ शाखा कार्यालय सञ्चालन
वि.सं.२०७६ साउन १५ बुधवार १५:०२
1.3K
shares
काठमाडौं: प्रभु बैंक लिमिटेडले पर्वतको डिमुवा र कास्कीको विरेठाँटीमा नयाँ शाखा कार्यालय स्थापना गरेको छ । पर्वतको मोदी गाउँपालिका वडा नं. ६ स्थित डिमुवा र कास्कीको अन्नपुर्ण गाउँपालिका वडा नं. ७ स्थित विरेठाँटीमा कार्यालयको उद्घाटन गरेको बैँकले जनाएको छ ।
आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ शाखा कार्यालयको सञ्चालन थालिएको हो । डिमुवा शाखा कार्यालयको मोदी गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेलले उद्घाटन गरेका थिए ।
यसैगरी, बिरेठाँटी शाखा कार्यालयको अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष घनश्याम चपाईले उद्घाटन गरेका थिए । दुवै शाखाहरु छुट्छुट्टै कार्यक्रमकाबीच उद्घाटन भएका हुन् । बैंकका दुवै शाखा कार्यालयहरु उद्घाटनका क्रममा दुवै प्रमुख अतिथिहरुल मन्तव्य राख्दै भने प्रभु बैंकले आप्नो शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई सहज, सरल एवं गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएको बताए ।
बैंकको शाखा सञ्जाल विस्तारबाट बैंकिङ्ग पहुँचभन्दा टाढा रहेका सेवाग्राहीहरु बैंकिङ्ग पँहुचभित्र आउनुका साथै सम्बन्धित क्षेत्रको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने हुनाले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गर्ने अवसर नगुमाउन उपस्थित सर्वसाधारणहरुलाई आग्रह समेत गरेका थिए ।
वि.सं.२०७६ साउन १५ बुधवार १५:०२



















