हिमालयन बैंकले पायो सिभिल बैंक प्राप्ति गर्न अन्तिम स्वीकृति
वि.सं.२०७९ माघ १७ मंगलवार १७:२८
1.8K
shares
काठमाडौं: नेपाल राष्ट्र बैंक सञ्चालक समितिको हालै बसेको बैठकले हिमालयन बैंक र सिभिल बैंकबीच (एक्विजिसन) प्राप्ति गर्ने प्रक्रियाको अन्तिम स्वीकृति पाएको छ ।
उक्त निर्णयसँगै हिमालयन र सिभिल बैंकबीचको प्राप्ति प्रक्रिया पूरा भएको छ । हिमालयनले सिभिललाई १०० बराबर ८०.२८ शेयर मिलान अनुपात (स्वाप रेसियो) मा प्राप्ति गर्न लागेको हो । जस अनुसार सिभिल बैंकको १०० कित्ता शेयर हुने शेयरधनीले हिमालयन बैंकको ८० कित्ता पाउनेछन् ।
दुवै बैंक एक भएपछि हिमालयन बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । दुवै कम्पनीको गत पुस २८ गते सम्पन्न साधारण सभाले पनि हिमालयनले सिभिललाई प्राप्ति गर्ने प्रस्ताव पारित गरिसकेको छ । अब कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति पाएपछि दुवै कम्पनीको एकीकृत कारोबार शुरू हुनेछ ।
वि.सं.२०७९ माघ १७ मंगलवार १७:२८




















